२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यअनुसन्धान भन्छ-सहयोग गर्नाले रक्तचाप कम हुन्छ

अनुसन्धान भन्छ-सहयोग गर्नाले रक्तचाप कम हुन्छ


दोस्रोलाई सहयोग गर्नाले स्वास्थ्यमा सुधार हुने एक अनुसन्धानले देखाएको छ । हालै प्रकाशित एक अनुसन्धानकाअनुसार अरुलाई सहयोग गर्नाले खुसी बढ्नुका साथै रक्तचाप कम गर्न पनि सहयोगी हुन्छ ।

अनुसन्धानकाअनुसार खुसीका साथ गरिएको परोपकारी कामले दिमाग र शरीरमा ह्याप्पी हर्मोनलाई रिलिज गर्छ । यसबाट व्यक्तिलाई खुुसी प्राप्त हुन्छ ।

अनुसन्धानका दौरान उच्च रक्तचाप भएका मानिसहरुको समूह बनाइएको थियो । एक समूहमा लगभग ३ हजार रुपैयाँ आफैमाथि खर्च गर्न लगाइएको थियो । यस्तै, दोस्रो समूहलाई अरुको सहयोगका लागि खर्च गर्न भनिएको थियो ।

६ हप्तापछि यो कुरा थाहा भयो कि अरुको सहयोगका लागि खर्च गर्ने मानिसहरुको रक्तचाप कम भएको थियो र स्वास्थ्य अवस्था पनि राम्रो थियो ।

इंग्ल्याण्डमा गरिएको अर्को एक शोधमा तीन समूह बनाइएको थियो । एक समूहलाई हरेक दिन कसै न कसैलाई मद्धत गर्न भनिएको थियो । दोस्रोलाई दैनिक एक नयाँ काम गर्न लगाइएको थियो भने तेस्रोलाई केही नगर्न भनिएको थियो । जुन मानिसहरुले दोस्रोलाई मद्धत र नयाँ काम गरेका थिए, उनीहरुको खुसीमा बढोत्तरी भएको पाइएको थियो ।

अनुसन्धानमा थोरै र सानो मद्धत गर्दा पनि धेरै खुसी मिलेको पाइएको थियो । डेलिभरी गर्न आएका व्यक्तिलाई पानीका लगि सोध्नु, कठिन समयबाट गुज्रिरहेका साथी वा परिवारको मनको कुरा सुन्नु र मद्धत गर्नु, रातको समयमा साथीलाई घर छोड्नाले पनि खुसी प्राप्त हुन्छ ।
एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ