२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्भिक आइभिएफमा ५५ वर्षीया महिलाले जन्माइन् सन्तान

नर्भिक आइभिएफमा ५५ वर्षीया महिलाले जन्माइन् सन्तान


काठमाडौं—ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन् । शनिबार नर्भिक आइभिएफ सेन्टरमा उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन ।

शल्यक्रियामार्फत बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ‘बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिन्छ।’

नर्भिक आइभिएफ सेन्टरकी बरिष्ठ टेष्टट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्माले भनिन्, ‘तर पनि नर्भिक आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रुपमा आइभिएफमार्फत ती महिलालाई आमा बनाउन सफल भयौं, यसमा हामी सबै खुसी छौ ।’

‘३० वर्षीय छोराको आकस्मिक निधन भएर विक्षिप्त बनेको हाम्रो परिवारमा २७ वर्षपछि छोराको रुपमा अर्काे सन्तान आउँदा खुसीको सीमा छैन्,’ बिमलाले भनिन् ।

नर्भिक आइभिएफमा उपचारका लागि आएका रजक दम्पत्तिले पहिलो प्रयासमै आइभिएफ पद्दतीबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिइन । श्रीमतीको उमेर ५५ वर्ष र श्रीमानको उमेर ६८ वर्षको छ ।

नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यो उमेरमा आइभिएफ पद्दतीबाट सन्तान जन्माउनु चुनौतीपूर्ण भएपनि आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सम्भव भएको डा. शर्माले बताइन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ