२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्भिकमा शनिबार यूरोलोजी टिमको निःशुल्क ओपिडी

नर्भिकमा शनिबार यूरोलोजी टिमको निःशुल्क ओपिडी


काठमाडौं—नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिबार विहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको हो ।

शनिबारको निःशुल्क ओपिडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता दिएको छ ।

नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । सर्वसाधारणबाट माग आएपछि प्रत्येक शनिबारको अभियान जारी राखिएको अस्पतालले जनाएको छ ।

आउने शनिबार यूरोलोजी विशेषज्ञद्वय डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधी प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ ।

मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भएर शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

नर्भिकमा हाल सानो प्वाल बनाएर मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाएर मिर्गौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने अस्पतालले जानकारी दिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ