२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड–१९ संक्रमणको ग्राफ चुलिएसँगै विरोधमा उत्रिए चिनियाँ जनता

कोभिड–१९ संक्रमणको ग्राफ चुलिएसँगै विरोधमा उत्रिए चिनियाँ जनता


बेइजिङ—चीनमा कोभिड–१९ महामारी पुनः उकालो लाग्न थालेको छ । राष्ट्रपति सी जिनपिङको जिरो कोभिडको प्रतिबद्धता बाबजुद शनिबार एकै दिनमा ४० हजारमा कोभिड संक्रमण देखिएको छ ।

चीनको सांघाई सहरमा चिनियाँहरुले विरोध गर्दै राष्ट्रपतिको विरुद्धमा समेत आन्दोलन गरेका थिए । करिब तीन वर्षदेखि कोभिड–१९ सँग जुझिरहेको चीनमा कोभिडको संक्रमण बढ्दै गएपछि लागेको बन्दाबन्दीको आक्रोशमा उनीहरु आन्दोलित बनेका थिए ।

चिनियाँहरुले आफूले पिसिआर टेस्टभन्दा पनि स्वतन्त्रता चाहेको भन्दै गरेको आन्दोलन अहिले विभिन्न सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

जाडोयामको सुरुवात भएसँगै बढेको संक्रमण र संक्रमित नहुँदा पनि बन्दाबन्दी गरेको भन्दै उनीहरु स्वास्थ्यकर्मीहरुप्रति आक्रोशित पनि भएका थिए भने स्वास्थ्य जाँचका सामाग्रीहरु पनि तोडफोड गरेका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ