२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी हुन् २०२३ मा पछ्याउनुपर्ने स्वास्थ्य प्रविधिका पाँच ‘ट्रेन्ड’

यी हुन् २०२३ मा पछ्याउनुपर्ने स्वास्थ्य प्रविधिका पाँच ‘ट्रेन्ड’


सन् २०२२ सकिनै लाग्दा स्वास्थ्य क्षेत्रमा प्रविधिहरुको उपयोग पनि राम्रै किसिमको रह्यो । स्वास्थ्य क्षेत्रमा नवीनत आविष्कारहरु र उन्नतिका फुलहरु फक्रिरहेका बेला उपभोक्ताहरुले पनि आफ्नो स्वास्थ्य, फिटनेस, पोषण, आराम तथा सकरात्मक शारीरिक विकास सम्बन्धित कुरामा राम्रै खर्चिए ।

तनावमुक्त जीवनशैलीलाई सुधार गर्नका लागि आजकल प्रविधिको पनि राम्रै उपयोग हुने गरेको पाइन्छ । कोभिड-१९ को महामारीले स्वास्थ्य क्षेत्रमा प्रविधिको उपयोग र संरक्षण कत्तिको महत्वपूर्ण हुने रहेछ भन्ने कुराको पाठ सिकाइसकेको अवस्था छ । हालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै सकारात्मक रुपमा विकास गर्नका लागि प्रविधि अत्यावश्यक छ । यसै कुरालाई प्रष्ट पार्दै यहाँ सम्भावित ५ प्रविधिहरु, जुन आगामी वर्षमा निकै महत्वपूर्ण र ट्रेन्डिङ हुनेछन्, तिनैको बारेमा चर्चा गरिदैंछ ।

१. टेलीहेल्थ
केही दशकअघि बिरामीले चिकित्सकसँग सिधा टेलिफोन या भिडियो कलमार्फत परामर्श लिने अवस्था कल्पनासमेत गर्न सकिन्न थियो । तर, अहिलेको अवस्थामा धेरै स्वास्थ्य सम्बन्धि संस्थाहरुले बिरामीको लागि यस्तो व्यवस्थाहरु मिलाएको पाइन्छ ।

अहिलेको समयमा यस ट्रेन्डले बिरामी र चिकित्सक बीचमा भौतिक रुपमै उपस्थित हुनुपर्छ भन्ने बाध्यात्मक स्थिती हटाएको छ । इन्टरनेट तथा अन्य प्राविधिक विकासले गर्दा यसले लाग्ने लागत घटाउनुका साथै गुणात्मक हिसाबले भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न मद्धत पुर्‍याएको छ ।

महामारीको समयमा सरुवा रोगहरुबाट बच्नका निम्ति यस्ता प्रविधिले निकै मद्धत पुर्‍याएका छन् । यसको विकास आगामी वर्ष अझै तीव्र गतिमा हुने कुरा निश्चित भइसकेको अवस्था छ ।

२. पहिरिन अथवा लगाउन मिल्ने हेल्थकेयर ग्याजेट्स
यस किसिमको प्रविधिले अहिले स्वास्थ्य क्षेत्रमा तरंग नै ल्याइदिएको अवस्था छ । बिरामी आफैले आफ्नो स्थिती के छ र आफूले के गर्दामा स्वास्थ्य सुधार हुन्छ भन्ने कुरा सहजै थाहा पाउन सक्छन् । यस्ता किसिमका ग्याजेटहरुले सानातिना कुरा जचाउनको लागि स्वास्थ्य संस्थामै जानुपर्ने स्थितीलाई कम गरेको छ ।

ब्लड प्रेसरदेखि मुटुको चालसम्म पत्ता लगाउने यी ग्याजेटको माग आगामी वर्ष झनै बढ्ने देखिन्छ । त्यस्तै, चिकित्सकहरुलाई पनि आफ्नो बिरामीको क्रियाकलाप थाहा पाउन यस किसिमको प्रविधिले निकै सहज वातावरण उत्पन्न गराइदिएको छ ।

३. कृत्रिम वुद्धिमता
आर्टिफिसियल इन्टिलिजेन्सले हाल विश्व बजार हाँकिरहेको छ भन्ने कुरा गोप्य छैन । यस किसिमको आविष्कारले हाल बिरामीको रोग पत्ता लगाउनेदेखि निको पार्नेसम्मको क्षमता राख्दछ । यसले पारम्परिक उपचार पद्धतिलाई परिणत गर्दै भरपर्दो र छोटो समयमै जटिल उपचारहरु गर्ने वातावरण बनाइदिएको छ ।

बिरामीको स्थिती तथा रेकर्डहरु केही समयमै चिकित्सकको अगाडि हुन्छन् । यो केवल यस किसिमको विकासले गर्दा मात्र सम्भव भएको हो । ब्लूटुथबाट चल्ने विभिन्न ग्याजेटहरुले बिरामीको अवस्था सहजै पत्ता लगाउन सकिन्छ । हाल न्यून मात्रमा प्रयोग भएको यो प्रविधिले आगामी समयमा अझै धेरै परिवर्तनहरु ल्याउने देखिन्छ ।

४. बिग डाटा
बिग डाटाले बिरामीको स्वास्थ्य स्थिती सुधार गर्दै रोग पहिचान गर्दा लाग्ने खर्चमा तुलनात्मक रुपमा कमी ल्याउन मद्धत पुर्‍याएको छ । मेडिकल रेकर्डहरुले बिरामीको सम्पूर्ण अवस्थालाई जनाउने भएकाले यस किसिमका ठूला डाटाको प्रयोगले झन्झटिला केसहरु पनि आरामले सुल्झाउन मद्धत गरेको पाइन्छ ।

प्रयोग भइरहेका औषधोपचारलाई ध्यानमा राख्दै बिग डाटाले दुर्लभ रोगको उपचार गर्न पनि सहयोग गरेको पाइन्छ । यसले भविष्यमा अझै ठूलो प्रभाव पार्ने देखिन्छ ।

५. पर्सनल वेलनेस
विश्वका धेरै राष्ट्रहरु जस्तै जापानले यस्तो प्रविधिहरुको उत्पादन तथा उपयोगमा ध्यान दिइएको पाइन्छ । हाइड्रोजनको उपयोग गर्दै विभिन्न किसिमका उपचारहरु गरिरहेको पाइन्छ । जापानका हरेक हस्पिटलामा यस किसिमको प्रविधि अपनाइएको छ ।

यस किसिमको प्रविधिको प्रयोगले आरामदायी निन्द्रा प्रदान गर्दै बिरामी रक्तचाप तथा सुगर सम्बन्धित रोगमा पनि सुधार ल्याएको एक अध्ययनले जनाएको छ । वातावरणमा पर्याप्त मात्रामा उपलब्ध हाइड्रोजनले एन्टीअक्सिडेन्ट्सको रुपमा काम गर्ने भएकाले यस किसिमको प्रविधिको उपयोग आगामी वर्ष झनै बढ्ने सम्भावना रहेको छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ