२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यचाउरीपना हटाउनदेखि तनावमुक्त बनाउनसम्म, यस्ता छन् दिनहुँ ओखर खानुका ५ फाइदा

चाउरीपना हटाउनदेखि तनावमुक्त बनाउनसम्म, यस्ता छन् दिनहुँ ओखर खानुका ५ फाइदा


ओखर नेपाली समाजमा स्वास्थ्यसँग मात्रै नभएर चाडपर्वसँग पनि सम्बन्धित छ ।

ओखर यस्तो फल हो, जो बहु उपयोगी छ । दैनिक जीवनमा ओखरको प्रयोग गर्ने हो भने हामीलाई निकै नै फाइदा हुन्छ भन्ने कुरा खुलस्त नै छ ।

१. मुटु स्वस्थ राख्न

एक दिनमा ३, ४ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्न सकिन्छ । किनभने ओखरले शरीरमा कोलेस्ट्रोल मात्रा कम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

२.औषधीका रूपमा

ओखरको नियमित सेवनले मधुमेहका बिरामीहरूका लागि औषधिको रूपमा पनि काम गर्छ ।

३. पाचन प्रक्रियालाई बलियो बनाउन

ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन क्रियालाई बलियो बनाउँछ । ओखरको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मिर्गौलामा पत्थरी हुनबाट समेत जोगाउँछ ।

४. चाउरी पना हटाउन

ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्त्व हुन्छ, जसले छालाको चाउरीपनबाट छुटकारा पाउन सकिन्छ ।

५. तनावमुक्त हुन

ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाई राख्न मद्दत गर्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ