२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययस्ता छन् दिनहुँ अण्डा खानुका ४ फाइदा

यस्ता छन् दिनहुँ अण्डा खानुका ४ फाइदा


भनिन्छ, दिनको एउटा अण्डाले हाम्रो धेरै स्वास्थ्य समस्यालाई पर राख्छ । हुन पनि अण्डामा यति धेरै पोष्टिक तत्व हुन्छन् कि, यसले हाम्रो शरिरलाई प्रत्यक्ष रुपमा फाइदा पुर्याइरहेका हुन्छन् । अण्डाले मानव स्वास्थ्यमा पुर्याउने केही फाइदाहरु हामीले यहाँ प्रस्तुत गरेका छौंः

१. मुटु स्वस्थ राख्न

अण्डाले मुटु स्वस्थ राख्न निकै महत्वपूर्ण भूमिका खेल्छ । यसमा पाइने अक्सिडेण्टले मुटु स्वस्थ राख्नुका साथै क्यान्सरको संभावना पनि न्यूनीकरण गरेर जान्छ ।

२. तौल घटाउन

अण्डा खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र निकै बेरसम्म भोक लाग्दैन । भोक कम लागेपछि खाना पनि कम खाइन्छ र तौल घटाउन मद्दत पुग्छ । त्यस्तै अण्डामा फ्याट र क्यालोरि पनि कम हुने हुँदा तौल बढ्ने संभावना पनि रहँदैन ।

३. पर्याप्त प्रोटिन

अण्डामा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ । यसले मानिसको शारिरिक वृद्धिका साथै थकान क मगर्न पनि महत्वपूर्ण भूमीका कखेल्छ । त्यस्तै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । अण्डाको पहेंलो भागमा भन्दा सेतो भागमा दोब्बर प्रोटिन पाइन्छ ।

४. छाला र कपालको स्वस्थताको लागि

अण्डा भिटामिनको प्राकृतीक स्रोत हो । स्वस्थ छाला, आँखा, कपाल तथा कलेजोका लागि बि कम्प्लेक्स भिटामिन आवश्यक हुन्छ । अण्डा यसको राम्रो स्रोत हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ