२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययस्ता छन् अनुहारमा प्रयोग गर्न नहुने ६ चिज

यस्ता छन् अनुहारमा प्रयोग गर्न नहुने ६ चिज


काठमाडौँ । मानिसहरू आफ्नो अनुहार सफा, चम्किलो, उज्यालो बनाउन सधैँ नै चाहान्छन् । जानेर नजानेर अनेकौँ विधि अपनाउँछन्, बजारमा भएका विभिन्न प्रोडक्टहरू प्रयोग गर्दछन् । तर हामीले प्रयोग गर्ने वस्तुहरुले के कति हानी पु¥याई रहेको हुन्छ भन्नेहामीलाई थाहा हुन्न । प्रस्तुत छ अनुहारमा प्रयोग गर्न नहुने केही कुराहरु

१. नुहाउने साबुन र स्याम्पु
साबुन या स्याम्पुमा भएको एक पदार्थले शरिर र कपालको फोहोर निकाल्न सहयोग गर्दछ । तर यसमा पिएचको मात्रा धेरै हुन्छ । जसले अनुहारको मोइस्चराइज घटाई सुख्खापना ल्याइदिन्छ ।

२. कागतीको रस
कागतीको रसमा भिटामीन सीको मात्रा धेरै हुने भएकाले अनुहारमा प्रयोग गर्नु उपयुक्त हुँदैन । कागतीको रस अनुहारमा लगाएर उज्यालोरघाममा निस्किँदा एलर्जी हुने सम्भावना धेरै हुन्छ । जसको असर लामो समयसम्म बस्दछ । त्यसैले कागती खानु राम्रो हो तर अनुहारमा लगाउनु राम्रो होइन ।

३. वडी लोसन र मोइस्चराइजर
छालामा लगाउने वडी लोसन मोइस्चराइजर अनुहारमा प्रयोग गर्नु हुँदैन । यसमा कडा किसिमको रसायनिक पदार्थ बढी हुने भएकोले अनुहारको पिएचमा गडबढी गर्दछ । तर अनुहार र शरिर दुवैमा प्रयोग गर्न मिल्ने लोसन र मोस्चराइजरले भने असर गर्दैन ।

४. नरिवलको तेल
नरिवलको तेल अन्य तेलको तुलनामा बाक्लो हुने भएकाले अनुहारमा भएका तेल र पसिनाका ग्रन्थीहरुलाई ब्लक गरी दिने भएकाले यसको प्रयोग पनि गर्नुहुँदैन । ।

५. पेट्रोलियम जेल्ली
नेपाली बजारमा पाइने भ्यासलिन पेट्रोलियम जेल्लीको उदाहरण हो । यो अनुहारमा लगाउन उपयुक्त हुन्न । यसले अनुहारमा भएका तेलरपसिना ग्रन्थीहरूलाई ब्लक गरी दिन्छ । विशेष गरी डण्डीफोर भएकाहरुले झन् लगाउनु हुँदैन ।

६. टुथपेस्ट
डण्डीफोरका समस्या भएकाहरुले डण्डीफोर निको पार्न टुथपेस्ट प्रयोग गरेको पाइन्छ । तर टुथपेस्टले छालामा भएको मेलानिमको मात्रा बढाउने गर्दछ । मेलानिमको मात्रा बढी हुँदा अनुहारको छालामा कालो दाग बस्ने समस्या बढ्दछ ।

स्रोत ः डा. प्रकाश आचार्य


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ