२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्व एड्स दिवसमा मोडर्न टेक्नीकल कलेजको सचेतना र्‍याली

विश्व एड्स दिवसमा मोडर्न टेक्नीकल कलेजको सचेतना र्‍याली


ललितपुर—विश्व एड्स दिवसको अवसरमा मोडर्न टेक्नीकल कलेजले जनचेतना फैलाउदैं र्‍यालीको आयोजना गरेको छ । बिहीबार डिसेम्बर १ मा विश्व एड्स दिवसको अवसरमा कलेजले ३ सय जनाको सहभागितामा सचेतना र्याली आयोजना गरेको हो ।

‘दिगो विकास २०३० एचआईभी नियन्त्रण सुरक्षित’ भन्ने नाराका साथ उक्त र्‍यालीको आयोजना गरिएको हो । एसटीडीएस वेलफेयर समिति र सार्वजनिक स्वास्थ्य समाज एनओसी नेतृत्वमा, विद्यार्थी कल्याण समिति, मोडर्न टेक्निकल कलेज र नेसनल ओपन कलेजको संयुक्त आयोजनामा उक्त र्‍याली आयोजना गरिएको हो ।

र्‍यालीमा जिल्ला प्रशासन ललितपुर, नेपाल प्रहरी, ललितपुर नगरपालिकाका कर्मचारी, एनओसी नेसनल ओपन कलेज र मोडर्न टेक्नीकल कलेजका विद्यार्थी, पत्रकारलगायत ३ सय जनाको सहभागिता रहेको थियो । बिहान १० बजे मोडर्न टेक्नीकल कलेजबाट सुरु भएको र्‍याली सानेपा, बागडोल, एकान्तकुना हुँदैं दिउँसो जावलाखेल चोकमा पुगेर सम्पन्न भएको थियो ।

र्‍यालीपछि आयोजित संक्षिप्त कार्यक्रममा मन्तव्य राख्दैं मोडर्न टेक्नीकल कलेजका कोर्डिनेटर नारायण भट्टले एड्सका बारेमा अझै पनि भन्न डराउने अवस्था रहेको बताए । उनले एड्सबारे सबै सचेत र जागरुक हुन गरुरी रहेको उल्लेख गरे । ‘यस्ता लुकेका रोगहरु बारेमा यसरी नै जनचेतना फैलाउन आवश्यक छ,’ उनले भने ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ