२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ विश्व एड्स दिवसमा मोडर्न टेक्नीकल कलेजको सचेतना र्‍याली

विश्व एड्स दिवसमा मोडर्न टेक्नीकल कलेजको सचेतना र्‍याली


ललितपुर—विश्व एड्स दिवसको अवसरमा मोडर्न टेक्नीकल कलेजले जनचेतना फैलाउदैं र्‍यालीको आयोजना गरेको छ । बिहीबार डिसेम्बर १ मा विश्व एड्स दिवसको अवसरमा कलेजले ३ सय जनाको सहभागितामा सचेतना र्याली आयोजना गरेको हो ।

‘दिगो विकास २०३० एचआईभी नियन्त्रण सुरक्षित’ भन्ने नाराका साथ उक्त र्‍यालीको आयोजना गरिएको हो । एसटीडीएस वेलफेयर समिति र सार्वजनिक स्वास्थ्य समाज एनओसी नेतृत्वमा, विद्यार्थी कल्याण समिति, मोडर्न टेक्निकल कलेज र नेसनल ओपन कलेजको संयुक्त आयोजनामा उक्त र्‍याली आयोजना गरिएको हो ।

र्‍यालीमा जिल्ला प्रशासन ललितपुर, नेपाल प्रहरी, ललितपुर नगरपालिकाका कर्मचारी, एनओसी नेसनल ओपन कलेज र मोडर्न टेक्नीकल कलेजका विद्यार्थी, पत्रकारलगायत ३ सय जनाको सहभागिता रहेको थियो । बिहान १० बजे मोडर्न टेक्नीकल कलेजबाट सुरु भएको र्‍याली सानेपा, बागडोल, एकान्तकुना हुँदैं दिउँसो जावलाखेल चोकमा पुगेर सम्पन्न भएको थियो ।

र्‍यालीपछि आयोजित संक्षिप्त कार्यक्रममा मन्तव्य राख्दैं मोडर्न टेक्नीकल कलेजका कोर्डिनेटर नारायण भट्टले एड्सका बारेमा अझै पनि भन्न डराउने अवस्था रहेको बताए । उनले एड्सबारे सबै सचेत र जागरुक हुन गरुरी रहेको उल्लेख गरे । ‘यस्ता लुकेका रोगहरु बारेमा यसरी नै जनचेतना फैलाउन आवश्यक छ,’ उनले भने ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ