२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यअल्जाइमरबाट बच्ने ५ उपाय

अल्जाइमरबाट बच्ने ५ उपाय


मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुदैं जान्छ । यो प्रक्रियालाई डिमेन्सिया भनिन्छ । यसरी मस्तिष्कका कोशहरू नष्ट हुदैं गएपछि उक्त व्यक्तिले केही बेर अगाडी गरेकै कुराहरू बिर्सन थाल्छ । यो बिर्सने क्रम बढ्दै गएपछि उक्त व्यक्तिलाई अल्जाइमर हुन्छ । सामान्य प्रक्रियाको रूपमा देखिएको बिर्सने समस्या बढ्दै गएर अल्जाइमर हुन्छ र यो विषयमा रोग लागेकै व्यक्तिलाई समेत थाहा हुँदैन । यो समस्या सबैलाई थाहा हुदैंन भन्ने पनि होइन । यो समस्या हुने क्रममा केही लक्षणहरू पनि देखा पर्ने गर्छ । डिमेन्सिया भएको अवस्थामा देखिने केही लक्षणहरू थाहा पाउन सकेमा उक्त व्यक्तिलाई अल्जाइमर हुनबाट रोक्न पनि सकिन्छ ।
अल्जाइमर हुनबाट जोगाउने ५ उपायहरु

१. धुम्रपान बन्द गर्ने
धुम्रपानले शरीरका विभिन्न भागलाई कमजोर बनाउँदै मानीसमा डिमेन्सिया जस्ता अल्जाइमरका प्रकारहरु विकसित गराउँदछ । यसलाई रोक्नका निम्ति धुम्रपन बन्द गर्नुले ठुलो भुमिका खेल्दछ किनकी धुम्रपान त्याग्दा हृदय रोग र स्ट्रोक को संभावना कम हुन्छ । त्यस्तै मुटु र मस्तिष्कमा हुने रक्तनलीको संकुचन पनि कम गर्छ ।

२. सिमित मद्यपान
मद्यपान स्वास्थ्यका लागि हानीकारक छ भन्ने कुरा सबैलाई अवगत भएकै कुरा हो । निकै कम मात्रामा मद्यपान गर्दा शरीरको स्मरणशक्तिमा ह्रास आउँदैन र शरीरलाई आवश्यक प्रतिरोधात्मक शक्ति प्रदान गर्दछ । त्यस्तै मद्यपान कम गर्नाले निरीक्षण तथा निर्णय गर्नसक्ने क्षमता पनि रहिरहन्छ ।

३. स्वस्थ तथा पोषणयुक्त खानाको सेवन
दिनहुँ खाइने खानामा विभिन्न प्रकारका फलफुल तथा तरकारीको मिसावट गर्नाले अल्जाइमर हुनबाट जोगिन सकिन्छ । साथै वजन कम गर्नाका लागि पनि सन्तुलित भाजनको आहार गर्नाले मद्धत पुग्दछ । सन्तुलित भोजनले स्मरणशक्ति राम्रो बनाउँछ, दिमागको एट्रोफीलाई पनि संरक्षण गर्दछ ।

४. कसरत गर्ने
अल्जाइमर हुन नदिन नियमित रूपमा कुनै पनि किसिमको कसरत भने गर्नै पर्छ । कसरत शारीरिक र मानसिक दुवै भएमा अझ राम्रो हो । अझ शारीरिक अभ्यास गर्दा मानसिक अभ्यास पनि गर्न सकेमा मस्तिष्क सम्बन्धी समस्याहरू कम हुन सक्छ ।

५. नियमित स्वास्थ्य जाँच
अल्जाइमर हुनबाट पूर्णरुपमा रोक्न सकिँदैन तर माथि दिइएका कुराहरुलाई आफ्नो जिवनशैलिमा समावेश गर्न सकियो भने यसलाई पर धकेल्न सकिन्छ । त्यस्तै, नियमित स्वास्थ्य जाँचले सुरुमै अल्जाइमर पत्ता लाग्यो भने त्यसलाई निको पार्न सहज हुन्छ र स्वस्थ जिवनयापन गर्न मद्धत पुग्छ ।
एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ