२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यधनियाँ खानुका ४ फाइदा

धनियाँ खानुका ४ फाइदा


सागसब्जी किन्दा सित्तैमा धनियाँ माग्नु ग्राहकको अधिकार जस्तै बनेको छ । धनियाँको पातको स्वाद र बास्नाले कुनै पनि परिकारमा सुनमा सुगन्ध थपिन्छ । तर धनियाँले खानाको स्वाद बढाउने मात्र होइन यसका औषधीय गुण पनि धेरै छन् । धनियाँको पातमा भिटामिन सी, कार्बोहाइड्रेट, पोटासियम, क्याल्सियम, आइरन, फाइबर, थायामिन तथा मिनरल्स आदि थुप्रै पौष्टिक तत्त्व पाइन्छ । थाहा पाउनुहोस् पोषक तत्त्वयुक्त धनियाँको पातको स्वास्थ्य लाभको बारेमा ः

१. पाचन प्रणालीमा सुधार
धेरै रोगहरू विरुद्ध लड्न पाचन शक्ति राम्रो हुनुपर्छ । यसका लागि तपाईंको खानामा धनियाँका पातहरू पनि एकदमै स्वस्थ हुन सक्छन् । यसको सेवनले तपाईंको पाचन क्षमतामा सुधार मात्र होइन, पेट दुख्ने जस्ता समस्याबाट पनि मुक्ति पाउन मद्दत गर्छ ।

२. मधुमेहका रोगीहरूका लागि
मधुमेह रोगीहरूले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नु एकदमै महत्त्वपूर्ण छ। तसर्थ, धनियाँको पातको सेवन रगतमा चिनीको मात्रा नियन्त्रण गर्न लाभदायक हुन सक्छ । मधुमेहका बिरामीका लागि खानामा हरियो धनियाँ नियमित रूपमा समावेश गर्दा रगतमा इन्सुलिनको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ ।

३. आँखाको ज्योति बढाउन
आँखाको स्वास्थ्यका लागि भिटामिन ए राम्रो मानिन्छ । हरियो धनियाँमा भिटामिन ए पनि पाइन्छ । त्यसैले यसको सेवनले आँखाको ज्योति बढाउन मद्दत गर्छ । तसर्थ, बच्चादेखि वयस्कसम्म सबैको लागि धनियाँको पात खानु लाभदायक हुन सक्छ।

४. मिर्गौलालाई डिटक्सिफाई गर्नु
मिर्गौलाले तपाईंको शरीरबाट फोहोर पदार्थहरू बाहिर निकाल्ने काम गर्छ । धनियाँमा डिटक्सिफिकेसनको गुण पनि हुन्छ, जुन तपाईंको शरीरलाई विषाक्तमुक्त बनाउन प्रभावकारी साबित हुन सक्छ । दालमा काटेर, तरकारीमा वा सुप आदि मा राखेर धनियाँको पात सेवन गर्न सक्नुहुन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ