२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकम रक्तचापलगायत यी ६ अवस्थामा नगर्नुहोस् चुकन्दरको सेवन

कम रक्तचापलगायत यी ६ अवस्थामा नगर्नुहोस् चुकन्दरको सेवन


स्वास्थ्यका लागि चुकन्दरको सेवन निकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस सब्जी, सलाद वा जुसको रूपमा यसलाई खानामा समावेश गर्ने गर्छन् । चुकन्दरले शरीरमा रगतको कमी हुन दिँदैन र विभिन्न प्रकारको फाइदा पुर्‍याउँछ । तर केही स्वास्थ्य समस्या भएको अवस्थामा यसलाई बिर्सेर पनि खानुहुँदैन । नभए यसले हानी गर्नेछ ।
१. कम रक्तचापमा नखानुहोस् :
 रक्तचाप कम हुँदा चुकन्दरको सेवन गर्नुहुँदैन । उच्च रक्तचापमा तपाईँ यसलाई खान सक्नुहुन्छ तर कम हुँदा नखाएकै राम्रो । चुकन्दरले रक्तचापलाई कम गर्ने भएकाले यस्तो गर्न सुझाइएको हो ।
२. गर्भवती महिलाका लागि हानिकारक :
गर्भवती महिलालाई पनि चुकन्दरको सेवन नगर्न सल्लाह दिइन्छ । यसको अत्यधिक मात्रा गर्भवती महिलाका लागि खतरनाक हुनसक्छ ।
३. मिर्गौलामा पत्थरी भएको अवस्थामा
मिर्गौलामा पत्थरीको समस्या छ भने चुकन्दर खाँदा तपाईँलाई हानी हुनेछ । यसले पत्थरीलाई बढाउने काम गर्छ । चुकन्दरले आइरनको कमी पूर्ति त गर्छ तर यसमा अक्सलेटको मात्रा अत्यधिक हुन्छ । अक्सलेटको सेवन अत्यधिक गर्दा मिर्गौलामा पत्थरीको समस्या बढ्ने गर्छ । जसलाई पहिले नै पत्थरीको समस्या छ, चुकन्दरको सेवनले यो समस्या बढाउन सक्छ ।
४. हुनसक्छ एलर्जी :
 चुकन्दरमा भिटामिन, एन्टिअक्सिडेन्ट, फाइटोन्यूट्रियन्ट्स, पलीफिनोल्स र डायट्री फाइबरसहित विभिन्न पोषक तत्त्व पाइन्छन् तर यसका कारण केही मानिसहरूलाई एलर्जी पनि हुनसक्छ । यसले छालामा डाबर आउने समस्या निम्तिन सक्छ । चुकन्दर खाएपछि कुनै पनि प्रकारको एलर्जी वा छालामा डाबर देखिए यसको सेवन बन्द गरेर डाक्टरको सल्लाह लिनुहोस् ।
५. ब्लड सुगरको स्तर बढाउन सक्छ :
चुकन्दरको सेवन गर्दा ब्लड सुगरको स्तर बढ्न सक्छ । जसलाई मधुमेहको समस्या छ, उनीहरूले चुकन्दरको सेवन बिर्सेर पनि गर्नु हुँदैन । यसको ग्लाइसेमिक इन्डेक्स बढी हुन्छ जसले तपाईँलाई हानी गर्न सक्छ ।
६. कलेजोलाई क्षति :
 चुकन्दरको अत्यधिक सेवनले कलेजोलाई क्षति पुर्‍याउन सक्छ । चुकन्दरमा कपर, आइरन, फस्फोरस, म्याग्नेसियमको उच्च मात्रा हुन्छ । यो तपाईँका लागि फाइदाजनक त हुन्छ तर यसको अत्यधिक सेवनले यी सबै कुरा कलेजोमा गएर जम्मा हुन थाल्छन् । यसले कलेजोलाई क्षति पुर्‍याउँछ ।

क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ