२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यतन्दुरुस्ती र सौन्दर्यका लागि ‘ग्रीन टी’

तन्दुरुस्ती र सौन्दर्यका लागि ‘ग्रीन टी’


अहिले नेपाली समाजमा पनि ग्रीन टी पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टीमा अभ्यस्त गराउँदैछन् । दुध, चिनी र कमसल गुणस्तरको चियामा बानी परेका हामीलाई ग्रीन टीमा रस भिज्न अलि समय लाग्छ ।

धेरैजसो बलिउड सेलिब्रिटी नियमित रुपमा ग्रीन टी पिउने गरेका छन्, तन्दुरुस्ती र सौन्दर्यका लागि । कति नेपाली सेलिव्रेटीले पनि यसलाई आफ्नो नियमित खुराक बनाउने गरेका छन् ।

के पाइन्छ ग्रीन टीमा ?

एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो, ग्रीन टी । यो एन्टि अक्सिडेन्ट स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ । स्वास्थ्य र सौन्दर्य दुबैको लागि लाभदायक मानिन्छ ।

ग्रीन टीमा यस्तो पोषक तत्व पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा एपिगलोकेटेशिन(३ गलेट पाइन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न नदिन पनि यसको खास भूमिका हुन्छ ।

किन पिउने ?

दीर्घ रोग, जस्तै उच्च रक्तचाप, मधुमेह नियन्त्रणका लागि एकदमै उपयोगी हो ग्रीन टी । अध्ययनहरुमा के पनि पाइएको छ भने, ग्रीन टीले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्छ ।

शरीरको खराब कोलोस्टोर नियन्त्रणमा ग्रीन टी लाभदायक हुन्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि छालालाई नरम र चम्किलो बनाउनसम्म ग्रीन टी उपयोगी हुन्छ । तौल नियन्त्रणका लागि समेत ग्रीन टी पिउन सकिन्छ ।

कति पिउने ?

ग्रीन टीले स्वास्थ्यलाई राम्रो गर्छ भन्दैमा जति पनि पिउनु ठीक होइन । एक दिनमा तीन वा चार कपसम्म ग्रीन टी पिउनु सहि हुन्छ । त्यो भन्दा बढी पिउनु कलेजोका लागि हानिकारक हुनसक्छ ।

कहिले पिउने ?

ग्रीन टी विहान, दिउसो वा साँझमा पिउन सकिन्छ । यद्यपी विहान मनतातो पानी पिइसकेपछि मात्र ग्रीन टी पिउनुपर्छ । खाना खानुभन्दा एक घण्टा अघि वा पछि पिउन सकिन्छ ।

कसरी पिउने ?

ग्रीन टी अन्य चिया जस्तो पकाएर पिउनु हुन्न । ग्रीन टी छुटै गिलासमा हाल्ने र त्यसमा उमालेको पानी हाल्नुपर्छ । यसमा चिनी मिसाउनु हुँदैन । बरु, मह मिसाएर सेवन गर्न सकिन्छ । ग्रीन टी गर्भवती, न्युन रक्तचाप भएकाहरुले खानु त्यती उपयुक्त हँदैन ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ