२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यरमण वस्तीमा ग्रीनलाइफ हेल्थकेयरको निःशुल्क स्वास्थ्य शिविर

रमण वस्तीमा ग्रीनलाइफ हेल्थकेयरको निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं—‘स्थानीयद्वारा स्थानीयकै लागिू’ भन्ने मूल उद्देश्यका साथ स्थापित टोखाको धापासीस्थित ग्रीनलाइफ हेल्थकेयर, मल्टी—स्पेसियालिटी क्लिनिक एण्ड डायग्नोस्टिक्सले एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ग्रीनलाइफले टोखा नगरपालिका—८ मा रहेको रमण वस्ती टोल सुधार समितिसँगको सहकार्यमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो।

शिविरमा वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. खेमराज अधिकारी, राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी विशेषज्ञ डा. क्षितिज सापकोटा, कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. विप्लव घिमिरे, वीर अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सजना श्रेष्ठ, ग्रीनलाइफ हेल्थकेयर का डा. रोशन भट्टराई र डा. बिजय शाहलगायतले सेवा प्रदान गरेका थिए ।

शिविरमा निःशुल्क रक्त परीक्षण, निःशुल्क औषधीलगायत अन्य सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो।

उक्त शिविरमा करिब ९० जनाले निःशुल्क सेवा लिएको र यसमा धेरैजसो बालबालिका र ज्येष्ठ नागरिक भएको कुरा ग्रीनलाइफ हेल्थकेयरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. रोशन भट्टराईले जानकारी दिए ।

स्थानीय चिकित्सकहरूको समुदायद्वारा स्थापित ग्रीन लाइफले आगामी दिनहरुमा पनि स्थानीयहरुसँग समन्वय गर्दै निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमहरु जारी राख्ने जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ