२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यसन् २०२२ मा स्वास्थ्यमा बढी खोजिनेमा कोभिड-१९ परेन, यी हुन बढी खोजिएका स्वास्थ्यका ४ कुरा

सन् २०२२ मा स्वास्थ्यमा बढी खोजिनेमा कोभिड-१९ परेन, यी हुन बढी खोजिएका स्वास्थ्यका ४ कुरा


खोज इतिहासबाटै तपाईँले धेरै कुराको जानकारी प्राप्त गर्न सक्नुहुन्छ । सबैभन्दा बढी प्रयोग गरिने खोजको एप्लीकेसन गुगलले खोजमा वर्ष अर्थात इयर इन सर्च सार्वजनिक गरेको छ । यसले सन् २०२२ मा विश्वकै इन्टरनेट प्रयोगकर्ताहरुले कस्ता कुराहरुलाई बढी चासो दिए र कौतुहल भए भन्नेबारे जानकारी गराउँदछ ।

यस वर्षको रिपोर्टमा कोभिड—१९ अनुपस्थित छ । पछिल्ला दुई वर्षमा विश्वका मानिसहरुको ध्यान कोभिड—१९, खोप र यसबाट कसरी बच्नेजस्ता कुराहरु स्वास्थ्य सम्बन्धी खोजको सुरुवातमै आएका थिए । तर, यसवर्ष त्यसबारे खासै खोजिएको छैन ।

यस वर्षको खोजहरु शारीरिक तथा मानसिक उपचारसँग सम्बन्धित छन् । शारीरिक रुपमा कसरी बलियो बन्ने तथा एन्जाइटी, डिप्रेसन, डिफिसिट हाइपरयाक्टिभिटी डिसअर्डर तथा अब्सेसिभ कम्पलसिभ डिसअर्डरलगायतका कुराहरुसँग कसरी सामना गर्नेजस्ता कुराहरु सम्मिलित भएको पाइएको छ ।

प्रस्तुत छ २०२२ मा सबैभन्दा बढी खोजिएका स्वास्थ्यसम्बन्धी विषय

१.कसरत
सन् २०२२ मा कसरतलाई सर्वाधिक रुपमा खोजिएको पाइएको छ । शारीरीक कसरत, साप्ताहिक कसरत, मानसिक स्वास्थ्यका लागि कसरत तथा जिममा कोर व्यायाम, यससँग सम्बन्धित खोजमा परेका छन् ।

शारीरीक कसरत : यो कसरत हामीसँगै उपलब्ध कसरत हो किनकी यो गर्नको लागि हामीलाई महंगा सामाग्रीहरुको जरुरत पर्दैन । शारीरिक कसरतबाटै तौलसम्बन्धी तालिमहरु लिने सुरुवात हुने सिएनएन एक्सपर्ट डाना सान्टास्ले बताइन् । त्यस्तै २०२१ को मेगास्टडीको अनुसार यदि तपार्ईं शारीरिक कसरतलाई निरन्तरता दिन चाहनुहुन्छ भने प्लान बनाउनुहोस्, आफूलाई यसबारे याद दिलाउनुहोस् र यसलाई कहिले नछोड्ने प्रतिबद्धता जनाउनुहोस् ।

२. कठिन भावनाको सामना कसरी गर्ने
गुगलका अत्याधिक प्रयोगकर्ताहरुले तनावलाई कसरी सम्हाल्ने, प्यानिक अट्याकलाई कसरी रोक्ने, डिप्रेसनको उपचार कसरी गर्ने तथा अटेन्सन् डिफिसिट, हाइपरयाक्टिभ डिसअर्डरको बारेमा खाजेका छन् । त्यस्तै, उनीहरुले राम्रो मानसिक स्वास्थ्यका लागि साना बच्चाहरुलाई सिकाउन मिल्ने व्यवहार र बच्चाहरुका लागि श्वासप्रश्वास सम्बन्धी क्रियाकलापहरु पनि खोजेका छन् ।

माथिका मानसिक स्वास्थ्य सम्बन्धी खोजहरु हेर्दा विश्वव्यापी महामारी, आर्थिक अवस्था, विद्यालय र कार्यलयहरुमा फर्किने वातावरणमा यी कुराहरुको समाधान खोजिनु स्वाभाविक मानिएको छ । जब सबै तिरबाट तनाव आइरहेको छ, त्यस्तो समयमा विश्राम लिनु जरुरी मानिन्छ ।

तनाव एउटा सामान्य भावना हो । जुन प्रायः मानिसहरुले अनुभव गर्ने गर्दछन् । यसलाई समयमै जचाइएन भने योे बढ्दै एन्जाइटी तथा डिप्रेसनका अवस्थाहरु पनि निम्तिन सक्छ । न्यूयोर्कका डा. गेल साल्जले तनावयुक्त क्रिया सकिएपछि त्यसबेला उत्पन्न भएका भावनाहरु पनि समाप्त गर्न सक्नुपर्ने बताएका छन् ।

त्यस्तै, यदि तपाईंलाई क्रोनिक तनाव तथा अन्य स्वास्थ्य समस्या आइपर्ला जस्तो शंका लाग्छ भने तपाईंले आफ्नो भरपर्दो साथी तथा परिवारका सदस्यहरुसँग कुरा गर्नुपर्छ । यदि उनीहरुले कुनै किसिमको परिवर्तन देखे भने तुरुन्तै मानसिक स्वास्थ्य सम्बन्धी चिकित्सिक कहाँ पुर्‍याउनु जरुरी हुन्छ ।

३. जर्नलिङ पोडकास्ट र किताब
प्राप्त तथ्यांकअनुसार मानिसहरुको कौतुहलता मानसिक तथा शारिरिक स्वास्थ्यमा मात्रै रोकिएको छैन । मानसिक स्वास्थ्य मात्रै नभई जर्नलिङ, पोडकास्ट तथा किताबहरु पनि गुगलमा उत्तिकै खोजिएका छन् । यी कुराहरुले स्वास्थ्य बनाइराख्न मद्धत गर्दछन् ।

साइकोलोजिस्ट जेम्स पेनबेकरले खुलेर लेखिएको लेखहरुले ठूलो रुपमा काम गर्ने जनाएका छन् । त्यस्तै लेखहरु पढ्नुका फाइदा पनि अनगिन्ती रहेको उनले बताएका छन् । तपाईंलाई निरन्तर रुपमा सहयोग प्रदान गर्न इन्टरनेटमा विभिन्न किसिमका जर्नलहरु पनि उपलब्ध छन् ।

४. ९८८ डायल
सन् २०२२ मा भएको एउटा परिवर्तित खोजका रुपमा यसलाई पनि लिइन्छ । किनकी यो सम्पर्क नम्बरले नेशनल सुसाइड प्रिभेन्सन् लाइफलाइन फर मेन्टल हेल्थ क्राइसिसलाई जोड्ने काम गर्दछ । यी अंकहरु पनि यसवर्षको स्वास्थ्य सम्बन्धी खोजअन्तर्गत परेका छन् । यो नम्बर युनाइटेड स्टेट्समा प्रयोग गरिने नम्बर हो, जसले मानसिक स्वास्थ्यसम्बधी समस्या खेपिरहेका मानिसहरुलाई चिकित्सकहरुसँग जोड्न मद्धत गर्दछ ।

युएसका हेल्थ एण्ड ह्युमन सर्भिसका प्रशासक डा. मिरियम डेल्फिन रिटमोनल भन्छिन्, ‘यसको मुख्य लक्ष्य भनेको नै मानिसहरुले चाहेको समयमा मद्धत पाउन भन्ने हो । जब एउटा व्यक्तिले यो नम्बरमा कल गर्छ उसले एक तालिमप्राप्त काउन्सिलरसँग कुरा गर्न सक्छ र आफूले महसुस गरिरहेका कुराहरु बताउन सक्छ ।’

सिएनएनबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ