२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यखड्गी इन्स्टिच्युटमा ३१ जनाको निः शुल्क शल्यक्रिया शिविर सम्पन्न

खड्गी इन्स्टिच्युटमा ३१ जनाको निः शुल्क शल्यक्रिया शिविर सम्पन्न


काठमाडौं—खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले आरुस लाइफस्टाइल अस्पताल, रेड क्रसन्ट अफ कुवेतसँगको सहकार्यमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । १४, १५ र २६ पुसमा संचालन गरिएको स्वास्थ्य शिविरमा ३१ जनाको शल्यक्रिया गरिएको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले जनाएको छ ।

शिविरमा मिर्गौला पत्थरी भएका २५ जना र प्रोस्टेट ग्रन्थीसम्बन्धी समस्या भएका छ जना गरी ३१ जना विपन्न वर्गका बिरामीको शल्यक्रिया गरिएको हो । उक्त शिविरमा २५ वर्षदेखि ८१ वर्षसम्मका बिरामीले निःशुल्क शल्यक्रिया सेवा लिएका थिए ।

औषधी तथा बेडचार्ज पनि नलिई निःशुल्क गरिएकोे शल्यक्रियामा प्रयोग गरिएका प्रविधिहरु पनि अत्याधुनिक रहेको इन्स्टिच्युटले जनाएको छ ।

स्थापना कालदेखि नै विपन्न वर्गका बिरामीहरुर्ला निःशुल्क शल्यक्रिया सेवा दिँदै आएको खड्गी इन्स्टिच्युटले प्रत्येक दिन ४ जना विपन्न वर्गका बिरामीको कम शुल्कमा शल्यक्रिया गर्दै आएको बताएको छ ।

साथै हाल प्रदान गरेको सेवाले आफुलाई गौरवान्वित तुल्याएको बताउँदै इन्स्टिच्युटका प्रमुख डा. सञ्जय खड्गीले आगामी दिनमा पनि यस्ता सेवाहरु निरन्तर प्रदान गर्ने जनाएका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ