२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल फर्मा एण्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी ६ देखि ८ माघसम्म भृकुण्टीमण्डपमा हुने

नेपाल फर्मा एण्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी ६ देखि ८ माघसम्म भृकुण्टीमण्डपमा हुने


काठमाडौं—नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने भएको छ । ६ देखि ८ माघसम्म हुने ‘नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय’ प्रदर्शनीमा औषधोपचार, स्वास्थ्योपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनीहरु हुनेछन् ।

प्रदर्शनी जुन मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.)का साथै एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि.को आयोजनामा भृकुटीमण्डमा हुन लागेको हो ।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल रहनेछन् । नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन विशेषताहरू प्रदर्शनी, सम्मेलन र साझेदारी हुने आयोजकले जनाएका छन् । तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ ।

‘नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको छ । यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ र स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहन्छ,’ आयोजकले जारी गरेको प्रेस वक्तव्यमा छ ।

यो प्रदर्शनीेले विभिन्न देशका कम्पनीहरू र ब्राण्डहरूसहित विजनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्नेछ । एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिने आयोजकले जनाएका छन् ।
नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा आउने चाहने इच्छुकहरूलाई प्रवेश निःशुल्क रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ