२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रा. डा. रत्न शमशेर जबरालाई तिर्थनन्द वैद्य मेमोरियल लाइफटाइम अचिभमेन्ट एवार्ड

प्रा. डा. रत्न शमशेर जबरालाई तिर्थनन्द वैद्य मेमोरियल लाइफटाइम अचिभमेन्ट एवार्ड


काठमाडौं—तिर्थनन्द मेमोरियल लाइफटाइम अचिभमेन्ट एवार्ड प्रा.डा. रत्नशमशेर जबरालाई प्रदान गरिएको छ । सोमबार नेशनल बाथरोग सेन्टरमा आयोजित एक समारोहमाझ काठमाडौं-९ का वडाध्यक्ष रामजी भण्डारी, वद्रि तीर्थ आर्थाराइटिस समाजका अध्यक्ष बद्री लक्ष्मी वैद्य र नेपाल जेष्ठ प्राध्यापक समाजका अध्यक्ष विमलकुमार शर्माले संयुक्त रुपमा डा. जबरलाई उक्त एवार्ड प्रदान गरेका हुन् ।

डा. जबरालाई भुगोल शिक्षा, पर्यावरण, क्षेत्रीय तथा दिगो विकासका साथै राष्ट्रिय योजना आयोग र प्रविधीको क्षेत्रमा आधा शताब्दीभन्दा बढी समय दिएको विशिष्ट योगदानको उच्च कदर गर्दै उक्त एवार्ड प्रदान गरिएको हो । उनले सम्बन्धित क्षेत्रमा अध्ययन अनुसन्धानमा पनि अग्रणी भूमिका खेलेका छन् ।

वद्री—तीर्थ आर्थाराइटिस समाज र नेपाल जेष्ठ प्राध्यापक समाजको सहकार्यमा यही वर्षबाट यो पुरस्कार स्थापना गरिएको हो । अध्ययन तथा अनुसन्धानका क्षेत्रमा विशिष्ट योगदानलाई स्व.तिर्थनन्द वैद्यको सम्झनामा यो एवार्ड स्थापना गरिएको आयोजकले जनाएका छन् ।

नेपाल आर्थाराइटिस समाज र नेशनल बाथ रोग सेन्टरको संयुक्त आयोजनामा हरेक वर्ष माघ महिनाभरी बाथरोग सम्बन्धी जनचेतना फैलाउने अभियानअन्तर्गत यस वर्ष माघ ३ देखि ९ गतेसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रमको सभापतित्व वद्रि-तिर्थ आर्थाराइटिस समाजका अध्यक्ष बद्री लक्ष्मी वैद्यले गरेकी थिइन् । कार्यक्रमको प्रमुख अथिती वडाध्यक्ष भण्डारी रहेका थिए । यस्तै, अन्य अतिथीहरुमा नेपाल जेष्ठ प्राध्यापक समाजका अध्यक्ष विमलकुमार शर्मा, महासचिव डा. सिद्धीप्रसाद कोइराला, नेशनल बाथ रोग सेन्टरका नसा रोग विशेष डा. दिपेश शाक्य, सेन्टरकी बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मी, डा. सुधिर कर्माचार्य, सेन्टरका अध्यक्ष तथा बाथरोग विशेषज्ञ डा. विनित वैद्य र प्रबन्ध निर्देशक रोशन कक्षपति रहेका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ