२०८१ कात्तिक १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यडा. गिर्वाणः फरक जीवनशैली बिताइरहेका चिकित्सक

डा. गिर्वाणः फरक जीवनशैली बिताइरहेका चिकित्सक


डा. गिर्वाणराज तिमिल्सिना लाजिम्पाटस्थित ट्राभल मेडिसिनमा छुट्टै पहिचान बनाइरहेको श्रीद्धि इन्टरनेशल हस्पिटलका कार्यकारी अध्यक्ष हुन् । ४ रोपनी क्षेत्रफलमा फैलिएको हरभरा स्वच्छ वातावरण रहेको उक्त अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्ने योजनाका साथ उनी काम गरिरहेका छन् ।

४ वर्षमै श्रीद्धि इन्भेष्टमेन्ट कम्पनीमार्फत १ सय बढीलाई रोजगारी दिएका ४० वर्षीय डा. गिर्वाण सधैं फ्रेस देखिन्छन् । धेरै मानिसहरु एउटै भूमिकामा रहँदा पनि खुशी हुँदैनन् तर उनी धेरै भूमिकामा रहँदा पनि तनावरहित र फिट देखिन्छन् । अनुहारमा सधैं झल्किने खुसीले उनको अनुहारमा हमेशा ताजगी देखिन्छ ।

पेशा र व्यवसायका क्रममा आइपर्ने समस्याका बाबजुद डा. गिर्वाण सहज र सरल दैनिकी छ । ग्रीनहिल सिट हाउजिङको आफ्नै बंगलामा विहान ६ नबज्दैं नजिकैको गोकर्ण जंगलका चराचुरुङगीको मिठो आवाजसँगै उनको निन्द्रा खुल्छ । उनी बेडमै १ गिलास तातो पानी पिउँछन् । त्यसपछि मोबाइलमा देश—विदेशका ताजा अपडेट लिन्छन् अनि बल्ल बेडबाट बाहिर निस्कन्छन् ।

त्यसपछि उनको नृत्य कर्म सुरु हुन्छ । नृत्यकर्म सकेपछि उनी लिभिङ रुममा चिनीबिनाको कालो कफी चुस्कीसँगै पत्रपत्रिका र कहिलेकाही टेलिभिजन आँखा डुलाउँछन् । कहिले पत्रिका पढ्छन् भने अक्सर टिभीमा सन्देशमूलक कार्यक्रम हेर्छन् । त्यसबाट बाँकी १ घण्टा किचन, लुगा सरसफाइ, पानी व्यवस्थापनलगायतका काममा रमाउँछन् ।

यतिकैमा उनको विहानको खाना तयार भइसकेको हुन्छ । उनी प्रायः सधैं विहान ९ बजे घरमै खाना लिन्छन् । उनको सामान्य नेपाली खानामा च्याख्ला/चामल, दही, साग, दाल र सिजनल तरकारी हुन्छ । खानापछि उनी आफै गाडी हाँकेर अफिसका लागि निस्कन्छन् । अफिस जाँदा गाडीमा गीतहरु सुन्छन् । त्यसपछि उनी दिनभर अफिसका कामहरुमा व्यस्त रहन्छन् । साँझपख ६ बजे अफिसबाट घर फर्कदा उनी जामका बीच स्ट्रेश फ्री हुने खालका गीतहरुको भरपूर आनन्द लिदैं घर पुग्छन् । तर, डा. गिर्वाणको यो एकनासको जीवनशैलीबाहेक उनका अन्य धेरै जिम्मेवारी, भूमिका र रुचिहरु छन् ।

१ . मेडिकल डाक्टर

नेपाल मेडिकल कलेज अत्तरखेलबाट आफ्नो मेडिकल शिक्षा सुरु गरेका डा. तिमिल्सिनाले बीचको पढाइसँगै अहिले विश्व प्रसिद्ध हावार्ड युनिभर्सिटीबाट ट्राभल मेडिसिनका फेलोसीप सकेका छन् । अमेरिका र युरोपका विकसित देशको सेवा सुविधा र अवसरलाई छाडेर स्वदेश फर्किएका उनी नेपाली सुन्दरतामा मुग्ध बन्न विदेशबाट आउने पर्यटकहरुको उपचार संलग्न छन् । उनकै नेतृत्वको श्रीद्धि इन्टरनेशल हस्पिटलमा विश्वस्तरीय हेल्थकेयरको प्रबन्ध छ । विहान ९ः३० बजे अस्पताल पुग्ने उनी भर्ना भएका बिरामीलाई राउण्ड लिन्छन्, नर्सहरुसँग बिरामीको स्वास्थ्य अवस्थाको जानकारी माग्छन् । उनी विदेशी बिरामीको स्वास्थ्य परीक्षण मात्रै गर्दैनन्, उनीहरुसँग घुलमिल हुन्छन्, नेपालको सुन्दरता र पर्यटकीय गन्तब्यहरुका बारेमा पनि विदेशीहरुलाई ब्रिफिङ गर्छन् ।

२. प्रशासक
विहान ९ः३० बजे अस्पताल पुग्छन् । अफिस छिर्ने बितिकै गार्डदेखि सबै विभागहरु चेक गर्छन् । त्यसपछि कार्यकक्षमा छिर्छन् । एडमिटेड बिरामीहरुबारे नर्ससँग अपडेट लिनछन्, राउण्ड गर्छन् । त्यसपछि च्याम्बरमा छिर्छन् । २ मिनेट ध्यानमग्न भएर कार्यकक्षको वातावरणको आनन्द लिन्छन् । त्यसपछि इमेल चेक गर्छन् । त्यसपछि सबै विभागका विभागीय प्रमुखहरुसँगको छलफलको समय हुन्छ । फाइनान्स, एडमिन र इन्स्योरेन्स विभागको अपडेट लिन्छन् र आवश्यक निर्देशनहरु दिन्छन् ।

मेडिकल टुरिज्ममा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति र योजना बनाउन केही समय खर्चन्छन् । पेन्डिङका कामहरु फत्ते गर्छन् । त्यसपछि उनी दैनिक भेटघाट र बैठकहरुमा व्यस्त रहन्छन् । अन्य कम्पनीहरु प्नि रहेकाले ती कम्पनीका अपडेटहरु पनि लिन्छन् । साँझ ६ बजेसम्म उनको प्रशासकीय भूमिका जारी रहन्छ । डा. गिर्वाणमा एक कुशल प्रशासक कसरी हुन भने उनी हरेक कर्मचारीको मनोभावना बुझ्न व्यक्तिगत रुपमै जोडिएका हुन्छन्, त्यो हेल्परदेखि सिईओसम्म ।

३. व्यवसायी

श्रीद्धि इन्भेन्टमेन्ट कम्पनीका कार्यकारी अध्यक्ष हुन्—डा. गिर्वाण । उनको यो माउ कम्पनीअन्तर्गत अन्य विभिन्न एक दर्जन कम्पनीहरुमा लगानी छ । लो प्रोफाइलमा बस्न रुचाउने उनले यो विजनेश साम्राज्य ४ वर्षकै छोटो अवधिमै खडा गरेका हुन् । अहिले उनको सबै कम्पनीमा गरेर १ सयभन्दा बढी कर्मचारी छन् । ‘कसैको अन्डरमा बस्न नरुचाउने स्वभावकै कारण मैले आफ्नै व्यवसाय सुरु गरेको हुँ,’ उनी भन्छन् ।

४. ट्राभलर

डा. गिर्वाण एक ट्राभलर पनि हुन् । स्वदेश र विदेश दुवैतिर घुम्नु उनको उतिकै रुचिमा पर्छ । हालैमात्र मार्दी हिमालको ट्रेकिङ सकेका उनी टे«किङ र हाइकिङमा उल्कै रमाउँछन् । काठमाडौं वरपरका चिसापानी, बुढानिलकण्ठ, नगरकोट, पालुङ, चन्द्रागिरीलगायतका सबैजसो हाइकिङ रुटहरुको स्वाद चाखिसकेका उनी ट्रेकिङमा धौलागिरी, जोमसोम, एभरेष्ट बेसक्याम्प, लाङटाङलगायतका २ दर्जन ठाउँमा पुगिसकेका छन् ।

स्वदेशमात्रै होइन्, विदेश भ्रमणमा पनि यी युवा चिकित्सकको उस्तै मोह छ । युरोपका विभिन्न देशसहित उनले अमेरिका, मलेसिया, सिंगापुर, चीन, भारत, दुबई, कतारलगायतका ३ दर्जन बढी देशको फन्को मारिसकेका छन् । किन घुम्छन्, डा. गिर्वाण ? भन्छन्, ‘पेशागत, व्यवसायिक र विदा मनाउने सिलसिलामा देश विदेश पुगिरहन्छ ।’ विदेश घुमघाममा रहँदा उनी नेपालसँग त्यो देशलाई कसरी जोड्न सकिन्छ भन्नेबारेमा अध्ययन पनि गर्छन् । ‘त्यहाँका पर्यटक कसरी नेपाल ल्याउने भन्ने विषयमा मन्थन गर्छु,’ उनी थप्छन् । मार्च ५,६ र ७ मा अमेरिकाको सानडियागोमा विश्वभर छरिएर रहेको हेल्थ इन्स्योरेन्स र विश्वभरका हेल्थकेयर प्रोभाइडरहरुको कुम्भमेलामा नेपालको मेडिकल टुरिज्म चिनाउने हेतुले आफ्नो हस्पिटल र नेपालको प्रतिनिधीत्व गरेर डा. गिर्वाण सहभागी हुँदैछन् ।

५. फुडप्रेमी


डा. गिर्वाणको व्यक्तिगत जीवन आनन्ददायक छ । बिरामी सेवाबाहेक उनी आफ्ना लागि पनि कुस्त समय म्यानेज गर्छन् । ‘न दौडधुप न तनाव’ यो थोरै चिकित्सकहरुको जीवनमा उपलब्ध हुन्छन् । डा. गिर्वाण कामका लागि मरिहत्ते गर्दैनन् । खानाका सौखिन उनी लेजर टाइममा विभिन्न रेष्टुरेन्टहरु धाइरहेका हुन्छन् । ‘मैले धेरैजसो रेष्टुरेन्टका स्वाद चाखिसकेको छु,’ उनले सुनाए । उनी लाइभ म्युजिकको वातावरणमा साथीहरुसँग ह्याङआउट गरिरहेका हुन्छन् । सजिलै साथी बनाउन सक्ने खुबीका संगीतका पारखी हुन् । हरेश शनिबार फुटसलमा रमाउने उनी हरेक साँझ जिम जान्छन् । खोजमूलक पुस्तक पढ्न रुचाउने उनी संसारमा भइरहेका नवीनतम मेडिकल अन्वेषणका बारेमा अपडेट रहन्छन् ।

६. समाजसेवा


डा. गिर्वाणको रुचि समाजसेवामा पनि छ । उनले श्रीद्धि फाउण्डेसनमार्फत सामाजिक कामहरु अगाडि बढाइरहेका छन् । जसले रक्तदान, न्यानो कपडा वितरणदेखि स्वास्थ्य शिविरहरु पनि गर्दै आएको छ । श्रीद्धि फाउण्डेसनले डोल्पाको विकट वस्तीसम्म पुगेर सामाजिक कामहरु गरिसकेको छ । त्यसबाहेक उनी लायन्स क्लबमार्फत पनि सामाजिक काममा सक्रिय छन् । पासपोर्ट हराएका, पर्स चोरी भएकालगायत समस्यामा परेका विदेशीहरुलाई निःशुल्क उपचारलगायतका सहयोग गरेका छन् । ‘सामाजिक कामहरुमा सक्रिय रहँदा मलाई स्वर्गीय आनन्द प्राप्त हुन्छ,’ उनी अनुभव साट्छन्, ‘सन्तानले आफ्नो नाम गर्वसाथ लिउन, राति आनन्दले निन्द्रा परोस ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ