२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा फ्लोरा गाइनो एस्थेटिक पद्धतिबाट उपचार हुने

नेपालमा फ्लोरा गाइनो एस्थेटिक पद्धतिबाट उपचार हुने


काठमाडौं—नेपालमा पहिलो पटक सेन्टल फ्लोरा गाइनो एस्थेटिक पद्धतीमार्फत उपचार सुरु हुने भएको छ । मंगलबार एक कार्यक्रम आयोजना गरेर महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकले इलेक्ट्रो म्याग्नेटीक स्टिम्युलेसन (रेडियो फ्रिक्वेन्सी) नामक मेसिन उद्घाटन गरेको हो ।

समिर वैदिरा, ट्रेनर हेना शर्मा र रामशरण मल्लको सहभागितामा कस्मेटीक गाइनोकोलोजिस्ट, फर्टिलिटी विशेषज्ञद्वय डा. मिरा थापा र डा. रश्मी श्रीसले उक्त मेसिनको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उक्त मेसिनबाट फ्लोरा गाइनो एस्थेटीक सेवाहरु प्रदान गरिने क्लिनिककी डा. रश्मी श्रीसले जानकारी दिइन् । इलेक्ट्रो म्याग्नेटीक स्टिम्युलेसन मेसिन इजरायलबाट ल्याइएको हो ।

महिलाहरुको यौन जीवनमा आइपर्ने विभिन्न समस्याहरुको समाधान गर्ने यो मेसिनले महिलाहरुको जीवनशैलीमा परिर्वतन ल्याउने डा. मिरा थापाले बताइन् ।

बढ्दो उमेरसँगै महिलाहरुमा आउने यौन समस्याहरु, पिसाब चुहिने, महिनावारी रोकिने, योनी सुख्खा हुने तथा यौनाङ्गमा देखिने चाउरीपनाजस्ता समस्याहरुको ८० प्रतिशतसम्म सामाधान गर्न सक्ने डा श्रीसले बताइन् । ‘यो मेसिनले लेजरको मद्धतबाट यी समस्याहरुको उपचार गर्दछ,’ उनले भनिन् ।

मेसिनले विशेषतः बच्चा पाइसकेका महिलाहरुमा हुने समस्याहरु जस्तै स्टेच मार्क, योनी खुकुलो हुनेजस्ता समस्याहरुको अप्रेशन बिना नै निको पार्न सकिने एन्जल फर्टिलिटीले क्लिनिकले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ