२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वास्थ्य पत्रकार मञ्चमा नयाँ कार्यसमिति 

स्वास्थ्य पत्रकार मञ्चमा नयाँ कार्यसमिति 


काठमाडौं – स्वास्थ्य पत्रकार मञ्च नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न मञ्चको पाँचौँ राष्ट्रिय अधिवेशनबाट सरोज ढुङ्गेलको नेतृत्वको नयाँ कार्यसमिति गठन भएको हो ।

त्यस्तै, मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् । उनी हेल्थ आवाज अनलाइनमा कार्यरत छन् । यसै गरी महासचिव पदमा सञ्जिता खनाल निर्वाचित भएकी छन् । सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे निर्वाचित भएका छन् । उनीहरु क्रमश मेरोन्युज, स्वास्थ्य खबर पत्रिका र हेल्थ पाटी डटकममा आबद्ध छन् ।

मञ्चको आठ जना सदस्यहरुमा प्रकाश बस्याल, समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, मनिषा थापा, सिर्जना कार्की रहेका छन् ।

अधिवेशनले प्रदेश संयोजक समेत तोकेको छ । जस अनुसार प्रदेश १ जुना भट्टराई ९जुनु०, मधेस प्रदेशमा सुष्मा कर्ण ९स्नेहा०, बागमती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा विना न्यौपाने, लुम्बिनी प्रदेशमा वासुदेव न्यौपाने, कर्णाली प्रदेशमा कृष्ण आचार्य तोकिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा भने पछि कार्यसमितिले तोक्ने बताइएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुईवर्षको हुनेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ