२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यआइरनले मानव शरीरमा कसरी काम गर्छ ?

आइरनले मानव शरीरमा कसरी काम गर्छ ?


आइरन (फलाम) एक खनिज हो । यो शरीरको वृद्धि र विकासका लागि आवश्यक छ । आइरनको प्रयोगले शरीरमा हेमोग्लोबिन बन्छ ।

रातो रक्त कोषिकाहरुमा रहेको प्रोटिन जसले शरीरमा फोक्सोबाट शरीरका सबै भागहरुमा अक्सिजन पु¥याउँछ ।

मायाग्लोबिन पनि एक प्रोटिन हो । यसले मांशपेशीहरुलाई अक्सिजन प्रदान गर्दछ । आइरनले शरीरमा अरु हार्मोनहरु पनि बनाउँदछ ।

सामान्य मान्छेमा आइरन उसको उमेर, लिङ्ग र उसले उपभोग गर्ने क्षमताको आधारमा आवश्यक हुन्छ । बढ्दो उमेरका बच्चाहरुमा हार्मोनको विकास भएरहेको हुन्छ । यो अवस्थामा आइरन प्रशस्त मात्रामा चाहिने हुन्छ ।

आइरन पाइने खानाहरु

सेतो सिमी
दाल
पालक
ब्रोकाउली
सी फुड
अनार
गोलभेडा
मासु (गोट लिभर, पोर्क लिभर, बफ लिभर)

आइरनको कामहरु

शरीरमा भएको हेमोग्लोबिन बढाउँछ ।
रातो रक्त कोषिकाहरुको वृद्धि र त्यसको कामको सहयोग गर्छ ।
रातो रक्त कोषहरुले अक्सिजन बोक्छ । त्यसलाई सपोर्ट गर्छ ।

शरीरमा आइरनको कमी हुँदा के हुन्छ ?

आइरनको कमीले बच्चाहरुको राम्रोसँग शारीरिक विकास नहुने, गर्भावस्थामा बच्चाको विकास राम्ररी नहुने, कमजोरी महसुस हुने, रिङ्गटा लाग्ने, महिनावारीको समयमा धेरै रगत जाने हुन्छ ।

धेरै रगत जाँदा एनिमियाको जोखिम धेरै हुन्छ । महिलाको डेलिभरीको समयमा हेमोग्लोबिन कम छ भने बच्चा र आमा दुवैलाई खतरा हुन्छ ।

आइरनको कमी भएमा के गर्ने ?

हामीले दैनिक खाने आहारमा पनि आइरन पाउँछौं । जस्तैः मासु, सागसब्जी र कतिपय फलफुलबाट पनि आइरन पाउँछौं । आइरनयुक्त खानाले पनि आइरनको कमी छ भने त्योबाहेक अरु फुड फौटिफाइप र आइरन चक्की खान सकिन्छ ।

प्रस्तुति : श्रृजना खड्का


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ