२०८३ असोज १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ खिजीदेम्वामा दश दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

खिजीदेम्वामा दश दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै


ओखलढुंगा– जिल्लाको खिजीदेम्वा गाउँपालिकामा दश दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाले काठमाडौंस्थित हिमालयन हाइकर्स इक्सपिडिसनसँग समन्वय गरी विभिन्न रोगहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने भएको हो ।

शिविर विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । उक्त शिविरमा बिरामीलाई आवश्यकताको आधारमा निःशुल्क औषधीसमेत वितरण गरिने भएको छ ।

गाउँपालिकामै निःशुल्क रुपमा विभिन्न किसिमका रोगको परीक्षण हुने भएका कारण स्वास्थ्यमा समस्या भएका सबै व्यक्तिले स्वास्थ्य परीक्षण गराउन गाउँपालिकाले स्थानीयलाई आग्रह गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ