२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यखिजीदेम्वामा दश दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

खिजीदेम्वामा दश दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै


ओखलढुंगा– जिल्लाको खिजीदेम्वा गाउँपालिकामा दश दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाले काठमाडौंस्थित हिमालयन हाइकर्स इक्सपिडिसनसँग समन्वय गरी विभिन्न रोगहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने भएको हो ।

शिविर विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । उक्त शिविरमा बिरामीलाई आवश्यकताको आधारमा निःशुल्क औषधीसमेत वितरण गरिने भएको छ ।

गाउँपालिकामै निःशुल्क रुपमा विभिन्न किसिमका रोगको परीक्षण हुने भएका कारण स्वास्थ्यमा समस्या भएका सबै व्यक्तिले स्वास्थ्य परीक्षण गराउन गाउँपालिकाले स्थानीयलाई आग्रह गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ