२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यबालविवाह न्यूनीकरण गर्न यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा आवश्यक

बालविवाह न्यूनीकरण गर्न यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा आवश्यक


जुम्ला—जुम्लामा दुई दिने बृहत यौनिकता शिक्षा तालिम सुरु गरिएको छ । प्लान नेपाल, पेस नेपाल र क्याड नेपाल जुम्लाको आयोजनामा यौनिकता तालिम सुरु गरिएको हो ।

प्लान नेपालको सहयोगमा बालिका सशक्त परियोजनाअन्तर्गत पेस नेपाल र क्याड नेपालका कार्यसमितिका सदस्य र कर्मचारीलाई यौनिकता शिक्षाका विषयमा शनिबारदेखि दुई तालिम सञ्चालन गरिएको हो । परियोजना सञ्चालन भएको क्षेत्रमा यौनिकता शिक्षा प्रदान गर्नका लागि कार्यसमितिका सदस्य र कर्मचारीलाई तालिम दिएको हो ।

तालिमका प्रशिक्षक प्लान नेपालका यौन तथा प्रजनन् स्वास्थ्यका प्राविधिक सल्लाहकार निराजन खड्का यौनिकता शिक्षा मानव यौन तथा यौनिकताको शारीरिक, भावनात्मक, सांस्कृतिक, सामाजिक र व्यवहारिक पक्ष भएको उल्लेख गर्छन् । उनी यौनिकताले मानिसको मूल्य तथा मान्यता, यौनसँग प्रत्यक्ष सम्बन्ध भएका बृहत अर्थ, यसप्रतिको बुझाइ तथा प्रयोग र नियन्त्रण वा सीमालाई बुझाउने बताउँछन् । यही शिक्षा अभावकै कारण समाजमा बालविवाह बढिरहेको उनको भनाइ छ ।

बालविवाह हुनुका कारण अशिक्षा, चेतनाको कमी, गरिवि जस्ता धेरै कारण भने पनि मुख्य यौन तथा प्रजनन स्वास्थ्यको शिक्षा नपुगेर हो । १३ देखि १९ वर्ष उमेर समुहका किशोरकिशोरीलाई यौनिकता शिक्षा दिनुपर्ने आवश्यकता देखिएको छ । यौनिकता, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी गरिएका विभिन्न अध्ययनका अनुसार यौनिकता शिक्षामा आधारित जीवनोपयोगी सीप अभावका कारण किशोरकिशोरीले विभिन्न किसिमका चुनौती सामना गर्नु परेको उनले बताए ।

यौन तथा प्रजनन स्वास्थ्यका विषयमा जिज्ञासाउपर सही जानकारी नहुँदा वा जानकारी पाउने अवसर नहुँदा गलत सूचना प्राप्त गर्ने सम्भावना हुन्छ । गलत वा भ्रमपूर्ण सूचनाका कारण उनीहरूले जोखिमपूर्ण यौन व्यवहार अपनाएका हुन्छन् । यसकारण किशोरकिशोरी तथा युवाका लागि पहुँच पुग्ने गरी यौन तथा प्रजनन् शिक्षा दिन आवश्यक रहेको छ,’ उनले भने ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ