२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यसहकर्मी डाक्टर : डा. जागेश्वरका नजरमा डा. ज्ञानेन्द्र

सहकर्मी डाक्टर : डा. जागेश्वरका नजरमा डा. ज्ञानेन्द्र


डा. जागेश्वर गौतमका नजरमा डा. ज्ञानेन्द्र कार्की

डा ज्ञानेन्द्रमानसिंह कार्की सानो ठूलो सबैसँग मिल्ने एउटै किसिमको व्यवहार गर्ने व्यक्ति हो । उहाँ स्पष्ट वक्ता पनि हो । नेपालमा ल्याप्रोस्कोपीका माध्यमबाट हुने शल्यक्रिया सुरु गर्ने पहिलो व्यक्ति उहाँ नै हो । आफू अझै पनि ल्याप्रोस्कोपी सर्जरीमा लागिरहनु भएको छ । काठमाडौंमा सेवा गरेको व्यक्ति काठमाडौं बाहिर गएर बिराटनगरमा स्त्रीरोग विशेषज्ञ सेवा सुरु गर्नुभयो । त्यो मलाई असाध्यै मन परेको छ ।

उहाँका मन नपर्ने कुरा खासै केही छैनन् । तर, बेला बखत उहाँले प्याच्च अपजस लगाउनु हुन्छ । मन सफा भएकाले उहाँले कुन ठाउँमा के भन्ने नभन्ने ख्याल गर्नुहुन्न । कहिलेकाहीँ असर पर्ने गरी प्याच्च भन्नुहुन्छ । त्यो कुराले मन चिसो हुन्छ । त्यसलाई उहाँले सुधार्नु पर्छ भन्ने लाग्छ । उहाँ जिस्कदा कहिलेकाहीँ मलाई पनि अप्ठ्यारो परेको छ ।

उहाँ खानेकुरामा कुनै कमेन्ट गर्नुहुन्न । भेटेको कुरा धित मरुन्जेल खानुहुन्छ । ज्यान खाइलाग्दो छ, त्यही हेर्दा पनि स्पष्ट हुन्छ । शरीर मोटो छ । खानामा ख्याल गर्नुपर्छ । तर, व्यक्तिगत इच्छा हुने भएकाले यति खानुहोस् उति खानुहोस् भन्न मिल्दैन् ।

सुझाव
तपाईंको मेडिकल कलेज पनि छ । तपाई राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रले चिनेको व्यक्ति हो । तपाईंको स्त्री तथा प्रसुतीका क्षेत्रमा ठूलो योगदान रहेको छ । जति तपाईंले मेडिकल कलेजबाट दिन सक्नुहुन्न । त्यसैले तपाईंले मेडिकल कलेजभन्दा पनि क्लिनिकल क्षेत्रलाई नै राम्रोसँग अगाडि लैजानुस् । ल्याप्रोस्कोपी सर्जरीको नेपालको विज्ञ भएकाले क्लिनिकल क्षेत्रबाट सेवा दिनुस् । ल्याप्रोस्कोपीमा यत्रो ज्ञान हासिल गर्नुभयो । तपाईंले नेपालमा ल्याप्रोस्कोपीको तालिम केन्द्र स्थापना गर्नुस् । नेपालका सबै स्त्री रोग विशेषज्ञले त्यही केन्द्रमा गएर तालिम लिन सकुन् ।

डा. ज्ञानेन्द्र कार्कीको नजरमा डा. जागेश्वर गौतम

मैले उहाँलाई चिनेको त के देखेको पनि थिइन् । उहाँ चितवनमा काम गर्नुहुथ्यो । सबैले जागेश्वर गौतम राम्रो डाक्टर हो भनेको सुनेको थिएँ । पछि उहाँको काठमाडौं सरुवा भएको सुने । मलाई विश्वास लागेन । नाम कहलिएर बसेको एउटा चिकित्सक नयाँ ठाउँ किन गयो । उहाँको बानी अरु डाक्टरको जस्तो छैन । आज भयो अब यति गर्ने भन्ने उहाँमा आजसम्म आएन । परेका कामहरु उहाँ सहजै किनारा लगाउने व्यक्तिका रुपमा म चित्रण गर्छु ।

गरिहालौं भन्ने भावना उहाँमा छ । मैले विगत ७ वर्षदेखि काठमाडौंमा लाइभ अप्रेशन गर्छु । उहाँ समन्वय गर्नुहुन्छ । कहिल्यै ठूलो हुँ भन्ने भावना उहाँमा जागेको पाइन् । सबैसँग मिल्ने उदार भावना भएको व्यक्ति हो । जति संगत गरे मैले उहाँको नराम्रो पक्ष फेला पारेको छैन् । हिम्मत प्रसस्त छ उहाँमा । चितवनमा बस्दा र काठमाडौंमा बस्दा आफ्नो ठाउँमा प्रश्न नउठाउने गरी लागेको व्यक्ति हो । उहाँ जतिको व्यक्ति सरकारी सेवामा निरन्तर टिकिरहनु आफैमा ठूलो कुरा हो ।


उहाँलाई धेरै खानु पर्दैन

म ठूलो ज्यानको व्यक्ति उहाँ सानो ज्यान भएको । खानेकुरामा हामीबीच फरक पर्छ । सानो पुड्को व्यक्ति उहाँलाई थोरै खाएपनि पुल्टुक्क हुन्छ । धेरै खाइरहनु पर्दैन । चाडै अघाउने भित्र पर्नुहुन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ