२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यएफडीएद्धारा इबोला भ्याक्सिन स्वीकृतः १०० प्रतिशत रोकथाम गर्ने अध्ययनको दावी

एफडीएद्धारा इबोला भ्याक्सिन स्वीकृतः १०० प्रतिशत रोकथाम गर्ने अध्ययनको दावी


सन् २०१९ को डिसेम्बरमा एफडीएले विश्वको सन्दर्भमा नै पहिलो रहेको इबोला भाइरस डिजिज (एभिडी)को रोकथाम गर्ने भ्याक्सिनको रिलिज भएको घोषणा गरेको छ । अर्थात् यो भ्याक्सिनले व्यक्तिलाई इबोला भाइरसको संक्रमणबाट बचाउन मद्धत गर्ने बताइएको छ ।

१८ वर्ष उमेरभन्दा माथिको युवाहरुको निम्ति मर्कद्धारा उत्पादन गरिएको उक्त भ्याक्सिनको नाम आरभिएसभी–जेबोभ राखिएतापनि यसको प्रचलित नाम एरभेबो हो । यो ‘जाइर’ प्रजातिका इबोला भाइरसको निम्ति मात्रै प्रभावकारी रहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०१९ को अक्टोबरमा यसलाई स्वीकृती दिएतापनि एफडीएले भने यसलाई गत डिसेम्बरमा मात्रै स्वीकृत गरेको हो । यसरी डब्लूएचओ सँगसँगै एफडीएले पनि अनुमोदन गरेको उक्त भ्याक्सिनलाई जनस्वास्थ्यको निम्ति ‘क्रिटिकल माइलस्टोन’ को रुपमा पनि लिइएकोे छ ।

भयानक मानिने इबोलालाई के यसले निको पार्न सक्ला त ?

सिडिसीले बताएअनुसार (एभिडी) मानव तथा सम्पूर्ण स्तनधारी प्राणीहरुमा देखिन सक्ने एक किसिमको भाइरसको संक्रमण हो । मुख्य रुपमा यो अफ्रिकाको साहारा सहरमा देखा परेको थियो । यो सरुवा रोग भएकोले विशेषगरी कुनै पनि एक संक्रमित प्राणी भएको ठाउँमा यो एकबाट अन्यमा सर्न सक्ने सम्भावना प्रबल रहन्छ ।

विशेषगरी जनावर तथा चमेरोजस्ता पंक्षी तथा मृत जनावरहरुको सम्पर्कबाट पनि यो एक अर्कामा सर्न सक्ने सम्भावना उच्च रहन्छ ।

केही वर्ष अगाडि सन् २०१४ सम्म मात्रै पनि आम व्यक्तिमा इबोला भाइरसबाट संक्रमित हुने भय ब्याप्त मात्रामा रहेको थियो । यो रोगबाट संक्रमित भइसकेपछि यसले छोटो समयमा नै व्यक्तिमा ९० प्रतिशतसम्म घात गर्ने र प्रत्यक्ष प्रसारणको माध्यमबाट दूषित ओढ्ने सिरकबाट समेत सजिलै फैलन सक्छ । जसकारण यसले दुई दिनभन्दा कम समयमा नै ब्यक्तिलार्ई मृत्युको मुखमा समेत पु¥याउन सक्छ ।

सन् २०१४ मा पश्चिमी अफ्रिकामा यस भाइरस २८ हजार ६ सय १० ब्यक्तिहरुमा देखा प¥यो । र, यसको संक्रमणबाट ११ हजार ३ सय ब्यक्तिहरुको मृत्यु समेत भयो । त्यस घटनाले भने चिकित्सा क्षेत्रलाई एक चुनौती दिएको थियो । र, सोही चुनौतीले नै अहिले इबोला भाइरस विरुद्धको भ्याक्सिन उत्पादन गर्न प्रेरणा मिलेको छ ।

के छ  इबोला भ्याक्सिन उत्पादनको इतिहास?

एडिभी भ्याक्सिनको सुरुवात जब यल युनिभर्सिटीका वैज्ञानिक जोनले सन् १९९० मा पशुधन भाइरसको निम्ति लड्नको निम्ति खोप प्रणालीको प्रयोग गर्ने पद्धत्तिको विकास गरे । त्यसपश्चात् उच्च रोग प्रतिरोधात्मक भ्याक्सिनको प्रर्वद्धन गर्ने अनौठो क्षमताको निम्ति अनुसन्धानको लागि ‘भिएसभी’ एक परीक्षण भ्याक्सिनको रुपमा विकसित भयो ।

तर, पनि धेरै वर्ष अगाडिदेखि नै प्रयोगशालाहरुमा इबोला भाइरसजस्ता घातक प्रयोगकोे परीक्षणको निम्ति भने आवश्यक सेटअपको अभाव रहेको थियो ।

इबोला तेश्रो मुलुकहरुको प्रत्येक घरमा देखिन थालेपछि उपेक्षित रोगको खोपको कल्पना यथार्थमा परिणत भयो ।

त्यसपश्चात् भने एक क्यानेडेली वैज्ञानिकले आवश्यक भिएसभीमा आधारित भएर इबोला भाइरस खोप विकासको नेतृत्व लिएका थिए । सन् २०१४ मा एक कम्पनीको स्थापनासँगै उनी सिधै विश्व स्वास्थ्य संघमा उक्त प्रस्ताव लिएर गएका थिए । तर, दुर्भाग्यवश् विश्व स्वास्थ्य संगठनले त्यतिबेला उनको प्रस्तावलाई अस्वीकार गरेको थियो ।

त्यसपश्चात् भने इबोला भाइसरको अझ बढ्न गै यसले उग्र रुप लिई विश्वलाई नै भयभित बनाएको थियो ।

विश्व स्वास्थ्य संगठनकाअनुसार यसअघि सन् २०१५ मा गुइनियाले इडिभी विरुद्धको एक खोपलाई प्रमाणित गरेका थिए । जसकारण ५ हजार ८ सय ३७ जना इबोला भाइरस संक्रमित नभएका व्यक्तिहरुमा उक्त खोप लगाइएको थियो । र, त्यो खोपपछि २३ जना खोप नलगाएको ब्यक्तिहरुसँग तुलना गरिएको थियो । त्यस पश्चात् भने यसले पछिल्लो पटक सन् २०१८–२०१९ मा आएर भने उग्र रुप लिएको थियो ।

इबोला भ्याक्सिनको आवश्यकता किन ?

यस विषयमा बोल्दै एफडीएका निर्देशकद्धय पिटर माक्स भन्छन्, ‘इबोला भाइरस घातक तथा भयानक रोगको रुपमा असिमित रुपमा फैलने रोग हो । खोप लिएपश्चात् भने यसले ब्यक्तिमा उक्त इबोला भाइसरको संक्रमणबाट बचाउँदै इबोला भाइरसलाई फैलिनबाट रोक्छ ।’ उनका अनुसार एफडीएले एर्भेबोलाई ‘जाइर इबोला भाइसर’ बाट बचाउने मुख्य प्राप्तिको रुपमा लिएसँगै हाल अमेरिकी सरकारले यसको तयारीलाई अगाडि बढाएको छ ।

एफडीएका अनुसार युएसमा यसको संख्या न्युन मात्रामा देखिएतापनि यात्रा तथा स्वास्थ्यकर्मीहरुको माध्यमबाट यो मुलुकभित्र पस्न सक्ने सम्भावना छ ।

एफडीएले भ्याक्सिनको उत्पादन भएको भनेर प्रेसमार्पmत बताएपनि खोप कहिलेसम्ममा उपलब्ध हुन्छ भनेर प्रेस रिलिज गरेको छैन् । तर, यो खोप इबोला भाइसरबाट संक्रमित भएका बिरामी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलार्ई भने मुख्य लक्षित गरिने अनुमान लगाउन सकिन्छ ।
एजेन्सीको सहयोगमा ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ