२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुनिलराम कोइरालाको सल्लाहः पार्किन्सन भनेको के हो? कसरी बच्न सकिन्छ ?

डा. सुनिलराम कोइरालाको सल्लाहः पार्किन्सन भनेको के हो? कसरी बच्न सकिन्छ ?


बढ्दो उमेरका कारण देखा पर्ने विभिन्न रोगहरुमध्ये पार्किन्सन पनि एक हो । तर, वर्तमान समयको अवस्थालाई नियाल्ने हो भने विभिन्न कारणवश ४०/४५ वर्षका व्यक्तिहरु पनि यस समसया लिएर उपचारका लागि आउने गरेका छन् ।

यो प्रारम्भिक रुपमा व्यक्तिमा शरीरको एक साइडको हात र खुट्टाबाट सुरु भएर विस्तारै क्रमिक रुपमा शरीरभर फैलने हुन्छ ।

यसका लक्षणहरु

  •  हातखुट्टा काँप्ने
  • हिड्न गाह्रो हुने
  • सुस्त हुने
  • शरीरको ब्यालेन्स नहुने
  • र, बोली मसिनो हुँदै जाने जस्ता विभिन्न समस्या देखा पर्दछ ।

कालान्तारमा गएर व्यक्तिमा हिड्दा ब्यालेन्स नभएर हुत्तिने, सुस्त गतिले हिड्ने तथा सानो–सानो पाइला चाल्ने, हात हल्लिनेजस्ता समस्या उच्च रुपमा देखा परी ह्वीलचियरको प्रयोग वा बेड रेस्टमा नै बसिरहनुपर्ने अवस्थासम्म देखा पर्छ ।

कारणहरु

यो रोग व्यक्तिमा खास के कारणले देखा पर्छ भन्ने कुराको हालसम्म पत्ता लगाउन नसकिएका कारण यसलाई ‘इडियोप्याथिक’ अन्तर्गत राखिएको छ । तर, अधिकांश व्यक्तिमा यो बुढ्यौलीपन तथा बढ्दो उमेरका कारण देखा पर्छ । यसबाहेक अन्य कारणहरुमा हाम्रो मस्तिष्कको एक पाटोमा रहेको ‘वसल गाङ्गलिया’ मस्तिष्कमा डोपामिन भन्ने रसायनको उत्पादन गर्छ ।

तसर्थ दिमागको अभिन्न पाटोको रुपमा रहेको यो रसायन विभिन्न कारणवश कहिलेकाहीं सुक्दै जाने वा कमी हुँदै जाने हुन्छ । जसकारण व्यक्तिमा यस पार्किन्सनको समस्या देखापर्छ । यसका साथै व्यक्तिमा यस समस्या देखिनु पछाडि वशांणुगत अवस्थाको पनि भूमिका पनि उत्तिकै अहम रहन्छ । एक वंशबाट अर्को वंशमा सर्ने क्रममा पनि व्यक्तिमा यस समस्या देखा पर्छ ।

उपचार

विभिन्न शारीरिक रोगहरुको उपचार भएजस्तै यसलाई पनि हामीले नियन्त्रण गर्न सकिन्छ । तर, यसको निम्ति भने हामीले यससँग सम्बन्धित यसका विभिन्न पाटोहरुमा विशेष ध्यान पु¥याउनु पर्छ ।

  • मस्तिष्कमा क्लट हुन नदिने
  • सुगर तथा प्रेसर नियन्त्रणमा राख्ने
  • डोपामिन कम भएको व्यक्तिमा ट्याबलेटको माध्यमबाट त्यसको कमी पूरा गर्ने
  • समयमै चिकित्सकको उचित सल्लाह लिने ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ