२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडब्लूएचओका जनरल म्यानेजर डा. टेड्रस अधानम घ्रिब्रियसस ५ महत्वपूर्ण स्वास्थ्य सुझाव

डब्लूएचओका जनरल म्यानेजर डा. टेड्रस अधानम घ्रिब्रियसस ५ महत्वपूर्ण स्वास्थ्य सुझाव


हामीलाई थाहा छ, अधिकांश व्यक्तिको जीवन तीव्र रुपमा परिवर्तन हुँदैछ । यस अवस्थाबाट मेरो परिवार पनि अछुत भने छैन । हाल विद्यालय बन्द भएका कारण मेरो छोरी घरबाटै अनलाइन्मार्फत आफ्नो कक्षा लिन्छिन् । बाँकी अन्य विश्वको लागि यो गम्भीर अवस्था त परिवर्तन हुन्छ ।

तर, भाइरसको सामना गरेर अनुभव लिएका सहर तथा राष्ट्रहरुले भने बाँकी राष्ट्रहरुलाई आशा तथा प्रेरणा प्रदान गर्दछ । यस्तो अप्ठ्यारो परिस्थितिमा आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको पनि उचित ख्याल राख्नु महत्वपूर्ण एवं आवश्यक कुरामा पर्दछ । यसले लामो समयसम्म तपाईलाई स्वस्थ्य रहन मात्रै मद्दत गर्दैन । यसका लागि तपाईले सर्वप्रथमः

१. स्वस्थ खाना खानु

हामीले न्युट्रीशनयुक्त स्वच्छ खाना खानु पर्दछ । यसका साथै यस्ता खानाले तपाईंको प्रतिरोधात्मक शक्ति मात्र नभई शरीरका कार्यविधि राम्ररी गर्न पनि सहयोग पु¥याउँछ ।

२. जिम्मेवार रुपमा पिउनु

अल्कोहलको मात्रालाई नियन्त्रण गर्नु पर्दछ । गुलियो एवं चिनियुक्त पेय पदार्थबाट टाढै रहनु पर्दछ ।

३. धुम्रपान नगर्नु

यदि तपाई कोभिड–१९ बाट संक्रमित हुनुभएमा धुम्रपानको सेवनका कारण यसले शरीरमा लगातार देखा पर्ने रोगको जोखिम बढाउँछ ।

४. शारीरिक व्यायाम 

डब्लूएचओ प्रत्येक वयस्क व्यक्तिलाई दैनिक कम्तिमा पनि ३० मिनेट र बालवालिकालाई ६० मिनेट (१ घन्टा)सम्म शारीरिक व्यायाम गर्न सुझाव प्रदान गर्दछ । यदि तपाईले यसरी स्थानीय तथा राष्ट्रिय मापदण्ड पालना गर्दै दौडिन (रनिङ्ग), एवं सवारी गर्न बाहिर निस्किनु हुन्छ भने त्यस्तो अवस्थामा भने अन्य व्यक्तिसँगको दूरी कायम राख्नु पर्दछ ।

तर, यदि आफ्नो घर छोडेर बाहिर निस्किन सक्नु हुँदैन भने त्यस्तो अवस्थामा अनलाइनमार्फत व्यायाम, नृत्य (डान्स), योगा गर्ने तथा हिड्ने एवं खुड्किला तलमाथि पार गर्नेजस्ता गतिविधिहरु गरेर पनि शारीरिक व्यायाम गर्न सकिन्छ । यदि तपाई घरमै बसेर काम गर्दै हुनुहुन्छ भने लामो समय एउटै आशनमा नबसी प्रत्येक ३० मिनेटमा आशन परिवर्तन गर्दै करिब ३ मिनेटसम्म ब्रेक लिनुहोस् ।

५. मानसिक स्वास्थ्यलाई स्वस्थ राख्नु

यस्तो संकटको अवस्थामा व्यक्तिमा दुविधा, चिन्ता तथा डर उत्पन्न स्वाभाविक हो । यसबारे तपाईको नजिक एवं विश्वास लाग्ने व्यक्तिसँग कुरा गर्नुहोस् । यसबाट तपाईलाई केहि हदसम्म राहत प्रदान गर्दछ । यससँगै तपाईको सानो सहयोगले पनि समुदायलाई ठुलो मद्दत गर्दछ । तपाईंले गरेको आफ्ना छिमेकी, साथीभाई तथा आफ्ना परिवारको ख्याल र एक–आपसको सद्भाव एवं करुणा पनि यस समयको ठूलो औषधि हो ।

हरेक समय बाहिरएको समाचार तथा सूचना मात्रै सुन्नुको सट्टा संगीत सुन्नुहोस्, किताब पढ्नुहोस् तथा खेल खेल्नुहोस् र आफ्नो समय व्यतीत गर्नुहोस् । बाहिरिएको प्रत्येक समाचारले तपाईंमा तनाव उत्पन्न गराउदैंछ भने विश्वसनीय स्रोतबाट आउने समाचार पनि दिनमा एक वा दुई पटक मात्रै सुन्नुहोस् । कोभिड–१९ ले हामीबाट धेरै कुरा खोस्दै त छ तर यससँगै यसले हामीलाई धेरै महत्वपूर्ण कुरा पनि सिकाएको छ; ‘एक मानवताको रुपमा ऐक्यबद्ध भएर सँगै बस्न, सँगै सिक्न र सँगै अघि बढ्न ।’


(डा. टेड्रस अधानम घ्रिब्रियससले दिएको भिडियो सन्देशबाट हेल्थआवाजले सबैलाई उपयोगी हुने ठानी यो सामाग्री भावानुवाद गरेको हो ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ