२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. किशोरराज प्रधानको सल्लाहः आँखामा हुने सुख्खापनबाट कसरी बच्ने ?

डा. किशोरराज प्रधानको सल्लाहः आँखामा हुने सुख्खापनबाट कसरी बच्ने ?


सुख्खा आँखा भन्नाले आँखाको लुब्रिकेट (आँखाको सतह) लाई न्योरिश गर्ने आँशुको कमी भएको भन्ने बुझिन्छ । आशुलाई आँखाको सतह सफा गर्नको निम्ति अत्यावश्यक मानिन्छ । तसर्थ यसको कमी भएमा आँखा सुख्खा हुन पुग्छ । सुख्खा वा ड्राई आइज विशेषगरी बढी उमेर गएका व्यक्तिहरुमा क्रोनिक डिजिजको रुपमा देखा पर्छ । आँखाको झिम्किने क्रममा आँखाको अघिल्लो सतह हुँदै सम्पूर्ण आँखामा आँशु फैलन्छ । सुख्खापनका कारण आँखाले आँशु उत्पादन गर्दैन । अर्थात्, आँशु उत्पादन गरेता पनि यसले राम्रो आँशुको उत्पादन गर्दैन । जुन आँखाको निम्ति आवश्यक र उचित मानिदैन ।

आँखाको समस्याअन्तर्गत ‘ड्राई आइज’ प्रायजसो व्यक्तिमा देखिने साझा तथा गम्भीर समस्या हो । यसले व्यक्तिमा असहज परिस्थितिको सिर्जना गर्नुका साथसाथै व्यक्तिमा आँखा पोल्ने वा बिझाउने समस्या देखा पर्छ । आँखामा ड्राईनेश देखा पर्नु पछाडि कुनै एक मात्र कारण नभई यसका अन्य थुप्रै कारणहरु हुन सक्छन् । तर, यसका कारणहरुलाई विशेषगरी लोकल कजेज र सिस्टोमेटिक कजेज भनेर छुट्याइएको छ ।

लोकल कजेज अन्तर्गत विशेषगरी परेलाको जरा सुन्निनु, कम आँशुको उत्पादन हुनु, ग्ल्यान्ड सतहकोे अनियमितता र आँशुको गुणस्तरमा भएको गडबडी आदि पर्छन् भने सिस्टेमेटिक कजेज अन्र्तगत ‘अटो इम्युनिटी डिजिज’हरु रहेका हुन्छन् ।

रोकथाम तथा बच्ने उपाय

  • मेकअप कम गर्ने
  • आँखा नमाड्ने
  • शरीरको समय–समयमा परीक्षण गराउने
  • पानी तथा ग्रीन–टी प्रशस्त मात्रामा पिउने

उपचारमा के गर्छन् त चिकित्सकले?

ड्राई आइजको उपचार गर्ने क्रममा हामीले सर्वप्रथम यो समस्या व्यक्तिमा लोकल वा सिस्टोमेटिक कजका के कारणले देखा परेको भन्ने कुरा पत्ता लगाउनु पर्छ । सोही अनुसार डाक्टरलाई भेट्नुपर्ने हुन्छ ।

ड्राइनेश उपचारको सन्दर्भमा हामीले लुब्रिकेन्टहरु चलाउँछौ । कतिपय अवस्थामा बनेको आँशु खेर नजाओस् भनेर अझ आँखाको डिलमा भएको प्वाललाई पनि बन्द गर्नुपर्ने हुन्छ । यस्तै व्यक्तिको अवस्था हेरेर इभ्यापोरेट नहोस् भन्नका लागि व्यक्तिलाई स्विमिङ्गमा लगाउने खालको चश्मा प्रयोगको निम्ति पनि सल्लाह दिने गर्छाै ।

सौन्दर्यका लागि प्रयोग गरिने सामाग्रीबाट पनि आँखाको सुख्खापन बढ्ने भएकोले हामी सकेसम्म त्यस्ता रसायनयुक्त सामाग्रीको प्रयोग नगर्न वा कम प्रयोग गर्न सल्लाह दिन्छौ । यस्तै आँखाको सुख्खापन हटाउनकै कारण आईड्रप प्रयोग गर्न सल्लाह दिन्छौ ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ