२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन झमझमाउँछ शरीर ?

किन झमझमाउँछ शरीर ?


डा. सुनिलराम कोइराला
न्युरोलोजिष्ट, वीर अस्पताल

शरीर झमझमाउँने कारण
मानिस बसिरहँदा शरीरका विभिन्न अंग झमझमाउँछन् । कतिले यसलाई शरीर निदाएको पनि भन्छन् । प्रायः सबै मानिसको शरीरका अंग झमझमाएकै हुन्छ । आखिर शरीरका अंग किन झमझमाउँछन् त ? शरीर झमझमाउने विभिन्न कारणहरु हुन्छन् । कसैको हिंडाइ, बसाइँ र सुताइको पोस्चर नमिलेर शरीर झमझमाउन सक्छ भने कोहीलाई विभिन्न रोगका कारण पनि शरीर झमझमाउन सक्छ ।

हामीले दैनिक खाने खानामा भिटामिन बी–वान, भिटामिन बी–६, भिटामिन बी–१२, भिटामिन–ई आदिको कमीले हुनसक्छ । त्यस्तै, विभिन्न औषधि (विषेशतः केमो)को साइड इफेक्ट । अत्याधिक मदिरा सेवन, विभिन्न केमिकल तथा किटनाशक औषधि आदिका कारण पनि शरीर झमझमाउँछ ।

रोगहरुमा मुख्य त कसैलाई डायविटिज छ भने शरीर झमझमाउन सक्छ । झण्डै ३० प्रतिशत मानिसलाई डायबिटिजका कारण शरीर झमझमाउँछ । किड्नी, कलेजो, थाइराइडजस्ता समस्या छ भने पनि त्यसको लक्षण स्वरुप शरीरका विभिन्न अंग झमझमाउने हुन सक्छ ।

झमझमाउनु रोग हो ?
शरीर झमझमाउनु आफैंमा रोग होइन । शरीर सामान्य कारणले पनि झमझमाउन सक्छ । कहिलेकाहीँ झमझमाउँछ भने आत्ति हाल्नुपर्दैन । तर, नियमितजसो झमझमायो भने चाहिँ समयमै सम्बन्धित डाक्टरसँग जाँच गराउनुपर्छ ।

उपचार विधी
यसको लागि लक्षण पत्ता लगाएर लक्षणअनुरुप उपचार गरिनुपर्छ । डायबिटिज छ भने सुगर कन्ट्रोल गर्नुप¥यो । भिटामिनको कमीले हो भने भिटामिनयुक्त खानेकुराहरु प्रशस्त खानुपर्छ । मदिरा सेवन गर्ने बानी छ भने त्याग्नुपर्छ । तरकारी, फलफूल खाँदा विषादीरहित खानुपर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ