२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्य१ देखि ३ वर्षका बालबालिका बढी छुकछुके हुन्छन् एक्लै नछोडाैं

१ देखि ३ वर्षका बालबालिका बढी छुकछुके हुन्छन् एक्लै नछोडाैं


कोभिड–१९ ले विश्वलाई नै आक्रान्त गरेको यस अवस्थामा बालबालिकाहरु पनि अछुत छैनन् । हाम्रो देशमा १८ वर्षमुनिका बालबालिकाहरुमा करिब–करिब २० प्रतिशतकै हारहारीमा पोजेटिभ केसहरु देखिएको छ । संक्रमितको संख्या करिब ११ हजार पुग्दै गर्दा बालबालिकाको संख्या २ हजार नाघिसकेको अवस्था छ ।

सामान्यतयाः घरमा भएका वयस्कबाटै बालबालिकामा यो रोग सर्न सक्ने सम्भावना रहन्छ । त्यसैले अभिभावकलाई ज्वरो आएमा र श्वासप्रश्वास सम्बन्धि समस्या भएमा अभिभावकले आफ्ना बालबालिकाहरुलाई यो रोग नसरोस् भनेर पर्याप्त होसियारी अपनाउनुपर्ने देखिन्छ । कान्ति बाल अस्पतालमा अहिलेसम्म पिसिआर र आरडिटी गरेर ६ सय ७८ जना बालबालिकाको परीक्षण गरिएको छ । हालसम्म कुनैमा पनि कोभिड–१९ पोजेटिभ देखिएको छैन ।

अस्पतालको तयारीको हिसाबले आकस्मिक कक्ष २४ घण्टै खुल्ला रहन्छ । त्यहाँ शंकास्पद या पुष्टि भएका कोभिड–१९ का बिरामीका
लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ । चिकित्सक र स्वास्थ्यकर्मीहरुले आवश्यक सामाग्रीको प्रयोग गरेर बच्चाहरुको जाँच हुन्छ । बहिरंग विभाग अर्थात् ओ.पि.डी केन्द्रमा ज्वरो र श्वासप्रश्वास सम्बन्धि समस्या भएका बिरामीलाई छुट्टै हेर्ने व्यवस्था छ । ती बालबालिकामध्ये कसैलाई भर्ना गर्नुपरेमा ३ लेभलमा व्यवस्था गरिएको छ ।

सामान्य अवस्थाका बच्चा जसलाई टेस्ट गर्नुपर्ने तर मुखकै औषधी दिए पुग्ने बालबालिकालाई लेभल–१ आइसोलेसन भनेर तोकिएको छ । यदि यीमध्ये बालबालिकालाई अक्सीजन दिनुप¥यो, सुइबाटै औषधी दिनुप¥यो, निमोनियाका लक्षण छन् र कोभिड–१९ को हिसाबले पिसिआर परीक्षण गर्नुप¥यो भने यी बालबालिकालाई कोभिड–१९ को लेभल २ वार्डमा राखिन्छ । जुन अन्य वार्डभन्दा छुट्टै छ र अभिभावकहरुको निम्ति छुट्टै शौचालयको व्यवस्था गरिएको छ । यीमध्ये केहि प्रतिशतलाई मेसिनले नै श्वास फेराउनुपर्ने अवस्था पर्न सक्ने भएकाले लेभल ३ अन्तर्गत हामीले ३ बेडमा भेन्टिलेटरसहितको व्यवस्था छ ।

हालसम्म अस्पतलामा कोभिड–१९ संक्रमित देखिएको छैन । तर, शंकास्पद ४ सय जना बालबालिकालाई विभिन्न तहबाट उपचार गरेको तथ्यांकले देखाउँछ । अहिले यो समयमा आउने कोभिड–१९ बाहेक अन्य बिरामीहरु पनि छन् । कुनैपनि सेवा अवरुद्ध छैनन् । विशेषगरी कुर्न मिल्ने अथवा समय लिएर गर्न मिल्ने अपे्रशनहरु सर्जिकल क्रियाहरु अहिले स्थगित गरिएको छ । अब विस्तारै लकडाउनको मोडालिटी खुल्दै जाँदा त्यो पनि खोल्ने क्रममा छ । विभिन्न प्रकारको ओपिडीहरु खुलेका छन् । त्यो समय भिडभाड नहोस् भन्ने हिसाबले उहाँहरुले अहिले घरबाट पनि एन्ड्रोइड फोनबाट कान्ति बाल अस्पतालको कान्ति चिल्डे«न्स अस्पताल लेखिएको एपबाट टिकट काट्न सकिन्छ भने अस्पतालमा विहान ९ बजेदेखि १ बजेसम्म बहिरंग सेवा नियमित रुपमा चलिरहेको छ ।

अभिभावकहरुलाई अनुरोध छ, यो वर्षाको मौसम बालबालिकाहरु धेरै प्रकारको बिरामी हुने मौसम पनि हो । यो समयमा आद्रता (ह्युमिडिटी) बढ्ने, पानी पर्ने, पिउने पानीका स्रोतहरु बिग्रिने हुँदा पानीजन्य अथवा खानाजन्य बिरामीहरु बढी हुने गर्छन् । झाडापखाला, आउँ, कमलपित्त अथवा जण्डिसजस्ता हेपटाइटिस बढी हुने गर्छ । धेरै बालबालिकाहरु घरमै छन् । यसकारणले अभिभावकहरुले घरमा रहँदा बालबालिकाको सरसफाइ र खानपिनमा एकदमै होसियार रहनु पर्छ । यस्तै यो मौसम लामखुट्टेको लागि उपयुक्त समय पनि हो । जताततै पानी जम्ने र पानीको मात्रा बढी हुने भएकोले मलेरिया र डेंगुजस्ता रोगहरु पनि बढी हुने हुन्छन् । घरवरिपरिको वातावरण विशेषगरी भाडाकुडाहरु खाल्डाखुल्डीहरु पुर्ने र सचेत हुन आवश्यक छ । बालबालिकालाई लामखुट्टेले नटोकोस् र लामखुट्टेबाट सर्ने रोगहरु नहोस् भनेर सचेत हुनुपर्दछ ।

यदि घरमा कृषिजन्य प्रयोगका लागि ल्याइएका विषादीजन्य पदार्थ छन् भने बालबालिकाले नभेटने ठाउँमा राखिदिनुहोला । घरमा कसैले विभिन्न औषधीहरु प्रयोग गर्नुहुन्छ भने सकेसम्म बालबालिकाहरु नपुग्ने ठाउँमा राखिदिनुहोस् । बलबालिकाहरुले कौतुहलताका कारण यस्ता चिज देखेर टेस्ट गर्ने हुँदा धेरै पोइजनिङका केसहरु अस्पतालमा देखिएको छ । यसैगरी घरमा दिर्घरोगका बिरामीहरु हुन सक्नुहुन्छ । उच्च रक्तचाप तथा हाइपर टेन्सन, थााइराइडका औषधीहरु खाइरहने अभिभावकहरु हुन सक्नुहुन्छ । यी औषधीहरु बालबालिकाहरुले प्रयोग गर्दा हाई डोज पर्न सक्छ । त्यसैले उहाँहरुले यी औषधीहरु पनि बालबालिकाको पहुँचबाट टाढा राख्नु पर्दछ ।

१ देखि ३ वर्षका बालबालिकाहरु बढी छुकछुक गर्ने स्वभावका हुन्छन् । उनीहरुलाई सकेसम्म एक्लै नछोडिदिन हुन अनुरोध गर्दछु ।
स्कुल बन्द भएकाले यी बालबालिकालाई विभिन्न प्रकारका सिकाइका विधिहरु रेडियो, टेलिभिजनबाट अथवा अनलाइन क्लासबाट उहाँहरु पक्कै पनि कुनै न कुनै क्लासमा अभ्यस्त नै छन् । घरमा रहेको समय सिर्जनात्मक काममा लागोस् भन्नका लागि सबै सचेत हुनुपर्छ । यदि बालबालिकालाई कुनै बिरामीजन्य अवस्था देखियो, नयाँ लक्षणहरु देखियो, झाडापखला, ज्वरो अथवा श्वासप्रश्वास सम्बन्धि समस्याहरु देखियो भने स्वास्थ्यकर्मी एवं चिकित्सकहरुसँग परामर्श गरिहाल्नुपर्छ । अस्पताल र स्वास्थ्यकर्मी मोबाइल अथवा टेलिफोनमा पनि उपलब्ध हुने व्यवस्था गरिएको छ । यसरी हामी सबै सचेत बन्यौ भने बालबालिकालाई कोभिड–१८ बाट मात्रै होइन्, बिरामी गराउन सक्ने सबै अवस्थाहरुबाट बचाउन सक्छौं । बालबालिकाहरुलाई बचाउनु नै हामी सबै अभिभावक तथा वयस्कहरुको कर्तव्य हो । यो कर्तव्य हामी सबैले पूरा गरौं, आतंकित नबनौ, सर्तक बनौ, होशियार बनौ ।

डा पौडेल कान्ति बाल अस्पतालका निर्देशक हुन्


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ