२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमोटोपना भएका मानिसमा कोभिड—१९ को जोखिम कति ?

मोटोपना भएका मानिसमा कोभिड—१९ को जोखिम कति ?


अहिले संसारभरका मानिसहरुमा असन्तुलित जीवनशैलीका कारण विभिन्न स्वास्थ्य समस्या बढिरहेका छन् । खानपान, ब्यायामका अभाव, वातावरण प्रदूषणजस्ता समस्याका कारण सहरमा बस्ने मानिसहरुमा बढी स्वास्थ्य समस्याहरु देखिन थालेका छन् । तिनै समस्याहरुमध्ये एक मोटोपना हो । मोटोपनाले डायबेटिज, मुटु सम्बन्धि रोग (कार्डियो भास्कुलर) , श्वासप्रश्वास समस्या, हाड जोर्नी दुख्ने, क्यान्सर, ब्लड प्रेसरजस्ता दीर्घरोगहरु निम्त्याउँछ ।

मोटोपनाको समस्या बढ्नुको प्रमुख कारणहरुमा मानिसहरुको जीवनशैली परिवर्तन, कसरत कम, खेल्ने ठाउँ अभाव, फास्टफुड खाना, (हाइ कार्बोहाइड्रेट, फ्याट बढी), बजारमा सजिलै खाना उपलब्ध, मेसिनको काम बढी, हिंडाइ कम आदि हुन् । पश्चिमा देशको तुलनामा नेपाललगायतका दक्षिण एसियाली देशका मानिसहरुमा मोटोपनाको जोखिम बढी देखिन्छन् ।

दक्षिण एसियाली मानिसमा मोटोपना निर्धारण गर्ने बीएमआई (बडी मास इन्डेक्स) क्राइटेरिया नै फरक हुन्छ । उचाईंमा एडजस्टेड तौलका आधारमा बीएमआई नापिन्छ । १८.५ देखि २५ नर्मल बीएमआई ( वजन इन केजी र हाईट इन मीटरस्क्वायर), २५ देखि ३० ओभरवेट, ३० भन्दा माथि ओबिज मानिन्छ । मोटोपना अर्थात् ओभरवेट वा ओबीज पुगेपछि विभिन्न रोग देखिन थाल्छ ।

दक्षिण एसियालीमा २३ भन्दा माथिको बीएमआई नै ओभरवेट मानिन्छ र २५ माथिलाई ओबिज भनिन्छ । अर्थात्, पश्चिमी सामाजको तुलनामा दक्षिण एसियाली व्यक्ति कम वजनमा मोटोपनको वर्गीकरणमा पर्ने गर्छ । तौलको आधारमा मात्र मोटोपना मान्नु हुँदैन । ६ फुटको मानिससँग ५ फुटको मानिसको वजन दांज्न त हुँदैन । अग्लो मान्छेको तौल र होचोको तौल फरक पर्छ ।

नेपालीलाई मोटोपनाको बढि जोखिम देखिन्छ । नेपालीमा ३, ४ वटा रोग सँगै जोडिएका पाइएको छ, जसलाई चिकित्सकीय भाषामा ‘मेटाबोलिक सिन्ड्रम’ भनिन्छ । विशेषगरी अहिले नेपालीमा मेटाबोलिक सिन्ड्रम (कम शारिरीक गतिविधि भएर हुने), मोटोपना, हाइ ब्लड प्रेसर, पेटको बोसो बढी, उच्च कोलस्ट्रोल आदि समस्या एकैचोटी पाइएको छ ।

पेटको फ्याट (एबडोमिनल फ्याट) धेरै किसिमका रोगहरूसँग जोडिएको छ । ‘खाएन भने रोग लाग्छ, दुब्लाइन्छ’ भन्ने गलत मानसिकता धेरैमा रहेको छ । खाना सन्तुलित हुनुपर्छ । बिरामीहरु थोरैमात्र भात खान्छु तर पेट किन बढ्छ बुझ्दिन् भन्छन् । तर, भातबाहेक अरु साइड खाजा अथवा खाना धेरै खाँदा मोटोपना झन् बढिरहेको छ ।

जिम जानु मात्र शारीरिक कसरत होइन् । बगैचामा हिडडुल गर्ने, सिंढीबाट तलमाथि गर्ने, सामान्य हिंडाइ, घरको काम, गोडमेल इत्यादि पनि कसरतका प्रकार हुन् । यसले वजन नघटेपनि धेरै थरिको रोग कम हुन्छ, मानिसको आयु बढ्छ ।

मोटोपनाले हृदयघात वा पक्षघात (स्ट्रोक) को जोखिम पनि बढाउछ । मुटुलाई सप्लाई गर्ने रक्तनली ब्लक भएर रगत नपुगेपछि हार्ट अट्याक हुन्छ । दिमागमा पुग्ने रक्त नली ब्लक भए पक्षघात (स्ट्रोक) हुन्छ ।

बोसो, कोलेस्ट्रोलजस्ता फोहोरले मुटुभित्रको रक्तनली (साना रगतका पाइप) ब्लक गराइदिन्छ । त्यसकारण रक्त प्रणालीको सरसफाइ आवश्यक हुन्छ । स्वास्थ्य खाना, व्यायामले ब्लकेज कम गराउँछ । नेपालीमा ‘जेनेटिक रिक्स’ पनि भएकाले हार्ट अट्याक, मुटुको रोग, स्ट्रोक आदि बढी पाइएको छ ।

मधुमेह (डायबेटिज) पनि कोभिड—१९ संक्रमण भएपछि जटिल बनाउने प्रमुख कारण मानिएको छ । जीउको इन्सुलेनले काम नगरेपछि डायबेटिज हुन्छ । मोटोपना भए इन्सुलेनले काम गर्न छाड्छ । इन्सुलेनले रगतको सुगरलाई टिस्यू (अंग) मा पु¥याएर सदुपयोग गर्छ । जेष्ठ नागरिकमा भने पातलो अवस्थामा नै डायबेटिज लाग्न सक्छ ।

टाइप वान डायबेटिज भने अलग किसिमको डायबेटिज हो । यो बाल्य अथवा युवावस्थामा नै देखिन सक्छ । इन्सुलेन बनाउने अंगले काम गरेन भने सुगरको मात्रा बढ्छ । यो (टाइप वान मधुमेह) भने मोटोपनाले हुँदैन । त्यसैले कोभिड—१९ को अहिलेको समयमा मोटोपन भएका व्यक्तिहरुले पनि विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।

(डा. न्याैपानेले क्याम्ब्रिज विश्वविद्यालयबाट डाइबेटिजमा पिएचडी गरेका छन् ।) 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ