२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यदन्तराेग विशेषज्ञ डा. प्रेनित पोखरेलकाे सल्लाह : ‘डिप–बाइट’ भए के गर्ने ?

दन्तराेग विशेषज्ञ डा. प्रेनित पोखरेलकाे सल्लाह : ‘डिप–बाइट’ भए के गर्ने ?


व्यक्तिमा दाँतको संरचना तल्लो र माथिल्लो भाग गरेर बनेको हुन्छ । खाना राम्ररी चपाउनका निमित्त प्राकृतिक रुपमा नै निर्मित दाँतले हाम्रो सौन्दर्यतासमेत बढाएको हुन्छ । तसर्थ, यसरी खानदेखि व्यक्तिको व्यक्तित्वमा समेत निखार ल्याउन मद्दत गर्ने दाँतमा देखिने ‘डिप–बाइट’ को समस्या के हो त?

खाना चपाउने बाहेक अन्य समय दाँत रेस्ट (निस्क्रिय रुपमा) मा बसेको हुन्छ । तसर्थ त्यस्तो समयमा यदि हाम्रो दाँतको माथिल्लो भागले तल्लो भागलाई ओभरल्याप गर्छ वा छोप्छ भने त्यसलाई नै ‘डिप–बाइट’ भनिन्छ ।

साधारणतयाः तल्लो र माथिल्लो दाँतबीचको ग्याप १ देखि २ एमएम मात्र भएको दाँतलाई सामान्य मानिन्छ । जसले तल्लो र माथिल्लो दाँत एक आपसमा राम्ररी बन्द गर्नमा मद्दत गर्छ । तर, हाम्रो दाँतले कुनै पनि काम नगरी दाँतको तल्लो र माथिल्लो भाग एक आपसमा जोडिएर बसेको अवस्थामा माथिल्लो भागको दाँतले तल्लो भागको सबै दाँतलाई छोप्छ वा तल्लो भागको दाँत देखिदैन् भने त्यसलाई नै ‘डिप–बाइट’ अथवा ‘ओभर बाइट’ भनिन्छ ।

यस्ता समस्याले व्यक्तिको मुखको कन्डाइल (एक आपसमा जोडिएर बसेको हड्डी)मा समस्या पु¥याउँछ । यसका साथै डिप बाइटमा माथिल्लो दाँतले तल्लो भागलाई छोप्ने भएकाले तल्लो भागको दाँत छिट्टै खिइने वा टुक्रिएर जाने हुन्छ । जसकारण व्यक्तिमा आँ गर्न वा मुख खोल्नमा पनि समस्या हुन्छ भने यसै कारण व्यक्तिलाई खाना खानमा समेत समस्या देखा पर्छ ।

डिप बाइटका कारणहरु

ड्ड वशांणुगत
ड्ड बच्चामा दाँत छिट्टै निकाल्नाले
ड्ड दाँत र दाँतको जगको रुपमा रहने हड्डीको साइज नमिल्नाले ।

समाधानका उपायहरु

यस्ता समस्या भएका व्यक्तिले समयमै सचेत भई उपचारका निम्ति सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । र, चिकित्सकको सल्लाह बमोजिम व्यक्तिले उक्त समस्यालाई ब्रेसेसको प्रयोग गरी निवारण गर्न सकिन्छ ।

अर्काे उपाय भनेको ‘अर्थाेग्नाथिक–सर्जरी’ पनि हो । जसमा शल्यक्रियाद्वारा व्यक्तिको तल्लोे दाँतको हड्डीलाई काटेर अगाडि र माथि तानी दाँतको उक्त समस्याबाट राहत पाउन सकिन्छ ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ