२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. अरुण कुँवर : एकै काम बारम्बार गर्नुपर्छ भन्ने आउने सोच ओसिडी

डा. अरुण कुँवर : एकै काम बारम्बार गर्नुपर्छ भन्ने आउने सोच ओसिडी


ओसिडी भन्नाले अबेसिभ कम्पल्सिभ डिसअर्डर (Obsessive–compulsive disorder) भन्ने बुझिन्छ । व्यक्तिमा देखिने विभिन्न मानसिक विकारमध्ये यो पनि एक हो । यसअन्र्तगत व्यक्तिले दैनिक निश्चित रुपमा गर्नुपर्ने कुनै पनि कार्य बारम्बार गर्नुपर्ने आवश्यकता महसुस गर्छन् । कुनैपनि रुपमा निश्चित गर्नुपर्ने काम गरिसकेतापनि व्यक्तिमा सोही काम गर्नुपर्छ भन्ने सोच बारम्बार आइरहन्छ । व्यक्तिले सोही काम बारम्बार गरिरहन्छन् ।

उदाहरणका लागि यदि कहिलेकाहीं व्यक्तिलाई आफ्नो हात फोहोर भएको महसुस हुँदा उसले आफ्नो हात धुन्छ । तर, ओसिडीको शिकार भएका व्यक्तिमा हात धोइसके पश्चात् पनि बारम्बार हात धुनुपर्छ भन्ने सोच आइरहन्छ । सोहीअनुरुप उनीहरु हात धोइरहने गर्छन् । यस्तै, कोही व्यक्ति भने ढोकामा लक लगाइसकेपछि पनि बारम्बार ढोका लक छ वा छैन भनेर जाँच गरिरहन्छन् ।

यस्ता सोच व्यक्तिमा एक दिनमा घण्टौंसम्म लगातार आइरहने हुन्छ । आफूले गरिसकेको वा गर्न नहुने काम भन्ने चेतना हुँदाहुँदै पनि नियन्त्रणभन्दा बाहिर गएर व्यक्तिलाई एकै काम बारम्बार गर्न बाध्य गराउने यस समस्याले व्यक्तिको दैनिकीमा असर पु¥याउँदै व्यक्तिगत तथा सामाजिक जीवनमा समेत ठूलो असर पु¥याउँछ । यसका साथै यस्ता सोचलाई बेलैमा पहिचान गरी यसको उपचार गर्न नसकिएमा व्यक्ति डिप्रेशनको शिकार समेत हुन पुग्छन् ।

लक्षणहरु 

  • लगातार सफा गरिरहने
  • एकै काम पटक–पटक गर्ने
  • कुनै पनि तालिका कडा एवं नियमित रुपमा फ्लो गर्ने
  • गरिसकेको काम पटक–पटक जाँच गर्ने ।

यसका कारणहरु

व्यक्तिमा देखिने यस्ता समस्याको निश्चित कारण के हो भनेर हालसम्म एकिन गर्न सकिएको छैन । यद्यपि, व्यक्तिमा यस समस्या देखिनु पछाडि निम्न पक्षले विशेष प्रभाव पार्दछः

  •  वशांणुगत
  • केही अप्रत्याशित एवं असन्तुलन घटना
  • कुनैपनि खालको पीडादायक अवस्था

समाधानका उपाय

सर्वप्रथम त व्यक्तिले आफूमा ओसिडीका लक्षण देखिएको हो वा होइन भन्ने विषयमा निश्चित हुनुपर्दछ । उचित उपचारको माध्यमबाट यसको समाधान सम्भव भएकोले व्यक्तिले अनिवार्य रुपमा मनो–परामर्शदात्ताको सल्लाह लिनुपर्दछ ।

परामर्शदाता एवं चिकित्सकको उचित परामर्श, उपचार तथा सल्लाह–सुझावको माध्यमबाट व्यक्ति पुनः रुपमा सामान्य अवस्थामा आउन सक्छन् ।

प्रस्तुतिः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ