२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्ट : मुटु स्वास्थ्यका लागि चिल्लो कति र कसरी प्रयोग गर्ने ?

भिडियो रिपोर्ट : मुटु स्वास्थ्यका लागि चिल्लो कति र कसरी प्रयोग गर्ने ?


सरसर्तीभन्दा चिल्लो पदार्थ मुटु स्वास्थ्यका लागि त्यति उपयुक्त चीज होइन् । चिल्लो खानै नहुने र चिल्लो खाएमा मुटुमा ठूलो समस्या पर्ने भन्ने कुरा पूर्ण रुपमा सत्य होइन् । किनभने, हाम्रो जीउमा विभिन्न तत्वहरु चाहिन्छ, जसमध्ये कार्बोहाइड्रेट, प्रोटिन र फ्याट भनेर हाम्रो जुन ब्यालेन्स डाइट छ । ब्यालेन्स गरेर खाने डाइटलाई तीन वटै पदार्थ चाहिन्छ ।

ब्यालेन्स डाइटको २५—३० प्रतिशत हिस्सा फ्याटले लिन्छ । त्यसैले चिल्लो पदार्थ खानै नहुने भन्ने होइन् । एउटा स्वस्थ व्यक्तिले ब्यालेन्स डाइटका हिसाबमा केही मात्रामा चिल्लो खान मिल्छ । तर, जब कोही व्यक्ति मुटु रोगको बिरामी हो भनेर जब लेबल गरिन्छ । र, उहाँहरुलाई औषधी खान सिफारिस दिइन्छ । त्यो अवस्थामा हामीले ब्यालेन्स डाइटमा पनि केही परिवर्तन गर्नुपर्ने हुन्छ । त्यसपछि चिल्लोको मात्रा घटाउनुपर्छ भनेर हामीले सल्लाह दिन्छौं ।

ब्यालेन्स डाइटमा २०—३० प्रतिशत फ्याट हुन्छ हामीले किन घटाउने ? भन्ने प्रश्न पनि होला । ब्यालेन्स डाइट सबै हिसाबले हेल्थी व्यक्तिका लागि हो । तर, जब व्यक्तिमा मुटुको रोग देखिन्छ जसले गर्दा चिल्लो खान हुँदैन त्यसमा चिल्लोको मात्रा घटाउनुपर्छ भन्ने कुरा सत्य हो ।

किन चिल्लोको मात्रा घटाउनुपर्छ ? चिल्लो र बोसोजन्य पदार्थहरु मुटुको धमनी अथवा नशाहरुमा लेदोको रुपमा जम्मा भयो भने त्यसले नशा वा धमनीहरुलाई साघुरो गराउँछ र हृदयघात गराउँछ । त्यसकारण हामीले चिल्लोलाई सकेसम्म कम गर्नुपर्छ भनेर भन्ने गर्छौं ।

कस्तो चिल्लो प्रयोग गर्ने ?

एनिमल फ्याट जुन जनावरबाट पाइने चिल्लो पदार्थ हुन्छ, त्यो चिल्लो पदार्थको प्रयोग सकभर कम गर्ने । वनस्पतिबाट आउने जसमा प्राकृतिक तेलहरु हामीले आवश्यकताअनुसार प्रयोग गर्न सक्छौं । त्यसमा हामीलाई चाहिने अत्यावश्यक तत्वहरु हुन्छन् ।

जुन कुरा एनिमल फ्याटभन्दा फरक हो । जसलाई हामी इसेन्सीयल फ्याटी एसिड भन्छौं । अत्यावश्यकीय तत्व वनस्पति फ्याटमा हुन्छ । त्यसकारण वनस्पतिबाट पाउने तेलहरु एउटा उपयुक्त मात्रामा  प्रयोग गर्न सक्छौं । जनावरबाट पाउने चिल्लो पदार्थ सकभर कम प्रयोग गर्ने सकिन्छ भने नगर्दा पनि हुन्छ ।

शाकाहारीले के गर्ने ?

शाकाहारी बिरामीहरु आउनुहुन्छ, उहाँहरु घ्यु खान हामीले के हुन्छ भनेर सोध्नुहुन्छ । शाकाहारीले जनावरबाट पाउने भनेको त घ्यु हो । घ्युमा स्याचुरेटेड फ्याटी एसिडहरु धेरै हुन्छ । जसले नशाहरुमा लेदो जमाउने, कोलेस्ट्रोलको प्याटर्न चेन्ज गरिदिने भएकाले हामी त्यसलाई सकभर प्रयोग नगर्न सल्लाह दिन्छौं ।

एनिमल फ्याट कसरी प्रयोग गर्ने ?

एनिमल फ्याट चारखुट्टे (रातो मासु) भएका जनावरबाट आउने फ्याटमा चिल्लोपना धेरै हुन्छ । बोसोपन धेरै हुन्छ । त्यसकारण त्यसलाई कम प्रयोग गर्ने । दुई खुट्टे अथवा पखेटा भएका माछा, कुखुराजस्तामा सेतो मासु हुन्छ, सेतो मासुमा चिल्लोपना कम हुन्छ ।

माछाको जुन ह्वाइट मिट हुन्छ, त्यसमा पोलीअन स्याचुरेटेड फ्याटी एसिडको मात्रा अलि धेरै हुन्छ । त्यसले हाम्रो शरीरमा त्यति धेरै घाटा पु¥याउँदैन् । फाइदा नै गर्छ । त्यसकारण ह्वाइट मिट अथवा माछा बिरामीले आफ्नो चाहनाअनुसार प्रयोग गर्न सक्छ ।

रातो मासु अथवा घ्यु तथा घ्युजन्य पदार्थहरुलाई साथै बोसो एवं बोसोजन्य पदार्थलाई सकभर न्यूनतम प्रयोग गर्न सकिन्छ भने प्रयोग नै नगर्दा पनि हुन्छ ।

शरीरमा चिल्लोको मात्रा कसरी पूर्ति गर्ने ?

हाम्रो शरीरमा चिल्लोको मात्रा चाहिन्छ । त्यो हामीले वनस्पतिबाट पनि पूर्ति गर्न सक्छौं । सबै जनावरबाट मात्रै पाउने होइन्, जस्तै भेजिटेरियनहरु घ्यु लिनुहुन्छ, उहाँहरुले तेल पनि त प्रयोग गर्नुहुन्छ । दूध, दही खानुहुन्छ, यसबाट पनि केही प्रोटिन र फ्याट प्राप्त हुन्छ ।




क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ