२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकिन कोभिडभन्दा बढी घातक छ निपा भाइरस ? कसरी बच्ने ?

किन कोभिडभन्दा बढी घातक छ निपा भाइरस ? कसरी बच्ने ?


कोभिडजस्तै निपा भाइरस पनि निकै तीव्र रुपले फैलिने भाइरस हो । यो जनावरबाट मानिसमा सर्ने गर्दछ । यसको सबैभन्दा पहिलो केस मलेसियामा देखिएको थियो । त्यसपछि सिंगापुर र बंगलादेशमा पनि यो भाइरसको केस पुष्टि भयो । यो भाइरस सुँगुर र चमेरोबाट मानिसमा फैलिन्छ ।

यसले सामान्यदेखि गम्भीर लक्षणसम्म देखिन सक्छ । यदि सुँगुरलाई संक्रमण भएको छ भने त्यसलाई पालन गर्ने एक मानिसबाट अर्को मानिसमा सर्न सक्दछ । त्यस्तै, रुखमा भएको फलफूल संक्रमित चमेरोले खाएको छ । त्यो मानिसको सम्पर्कमा आयो भने पनि सर्दछ । यस्तै, चमेरोको पिसाबबाट पनि सर्ने सम्भावना बढी हुन्छ ।

निपा भाइरस र कोभिड भाइरसलाई कसरी छुट्याउने ?

कोभिड र निपालाई छुट्याउन त्यति सजिलो छैन । किनकी यसको केही लक्षण उस्ता–उस्तै छन् । दुवै भाइरसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, फोक्सो सम्बन्धि समस्या देखिने गर्छ । कोभिडकोभन्दा यसमा अलि कम श्वासप्रश्वासको समस्या देखिन्छ ।

यद्यपी, कोभिडकोभन्दा निपा भाइरसको संक्रमणबाट हुने मृत्यु दर उच्च हुन्छ । निपाको संक्रमण टाउकोमा देखिएको मानिसमा ५० देखि ७५ प्रतिशतसम्म मृत्युदरको सम्भावना हुने गर्छ । यसको मतलब ४ जना संक्रमितमध्ये ३ जनाको मृत्यु हुनु हो ।

यो भाइरसको संक्रमण भएपछि ४ देखि १४ दिनमा लक्षण देखिन्छ । श्वास सम्बन्धि समस्या भएका व्यक्तिबाट बढी अर्को व्यक्तिमा सर्न सक्ने जोखिम बढी हुन्छ ।

मुख्यतयाः यसले शरीरको टाउकोमा भागमा बढी हानी पुग्दछ । अहिलेसम्म नेपालमा यसको संक्रमण देखिएको छैन । तर, छिमेकी देश भारतमा यसको पुष्टि भएसँगै नेपालमा नदेखिएला भन्न सकिन्न । नजिकिदै गरेको दशैँ तिहारमा नाका खुल्ने हुँदा यसको संक्रमण नेपालमा फैलिने सम्भावना प्रबल देखिन्छ ।

बच्ने उपाय

१. चमेरो र बिरामी सुँगुरबाट जोगिने, सुँगुर पालन गर्ने व्यक्तिले पनि व्यक्तिगत सरसफाईमा ध्यान दिने ।

२. सार्वजनिक धारा, पोखरीको पानी सकेसम्म नखाने र प्रयोग नगर्ने । किनभने, चमेरोले त्यो पानी खाएको हुनसक्छ ।

३. कुनै पनि चराचुरुगीले खाएको जुठो फलफुल, भुइँमा खसेको फलफुल नखाने ।

४. चमेरोको वासस्थान नजिक घर भएका बासिन्दाले बढी सतर्कता अपनाउने ।

५. संक्रमणको लक्षण देखिएको व्यक्तिले तुरुन्तै जाँच गराउने र सकेसम्म आइसोलेट बस्ने ।

यसको उपचार सम्भव छ ?

यो भाइरसको रोगको निदान अहिलेसम्म पत्ता लागेको छैन । एकपटक यसको लागि रिवाभिरिन औषधीको यस भाइरसविरुद्ध प्रभावकारी मानिएको थियो । तर, अहिलेसम्म मात्रै ल्याब्रोटोरीमा मात्रै परीक्षण गरिएको छ । मानिसमा भने परीक्षण भएको छैन । सन् २०२० यस विरुद्ध एक खोपमा काम सुरु गरिएको छ । जसबारे अध्ययन र अनुसन्धान भैरहेको छ ।

सरकारले नेपालमा आउनुअघि यसको नियन्त्रण र रोकथामका लागि जनमानसमा सचेतना जगाउनुपर्ने र आवश्यक पूर्वतयारी गर्नुपर्ने देखिन्छ । यसको लागि कोभिडको जस्तै छुट्टै युनिट बनाउनु जरुरी देखिन्छ । किनभने, निपा भाइरसको मृत्युदर निकै उच्च छ । ४ जना संक्रमितमध्ये ३ जनासम्मको मृत्यु हुने देखिएकोले यसको लागि हरेक तरिकाबाट पूर्व तयारी आवश्यक छ ।


क्याटेगोरी : अन्य, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ