२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्ययी हुन मृगौला फेल हुने कारण र बच्ने उपाय

यी हुन मृगौला फेल हुने कारण र बच्ने उपाय


मृगौला शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो। शरीरलाई स्वस्थ राख्न मृगौला को स्वास्थ्यको ख्याल गर्नु निकै जरुरी हुन्छ । यस अंगमा हुने समस्याका कारण सम्पूर्ण शरीरको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । मृगौलाले रगतबाट उपयोगी नभएका पदार्थहरू हटाउन मद्दत गर्छ।  जसले शरीरमा विषाक्तताको जोखिम कम गर्छ। यदि यो अंगमा कोही बिरामी भएमा वा मिर्गौलाले राम्ररी काम नगरेमा रगतमा विषाक्तता बढ्ने खतरा हुन्छ।

मृगौलाले गर्नुपर्ने जति काम गर्न नसक्नेमा मृगौला असफल (किड्नी फेल) पनि हुन सक्दछ । मृगौलाको असफल पछि  स्वस्थ्य जीवन जिउनका लागि व्यक्तिलाई या त डायलाइसिस (रगत सफा गर्ने प्रकृया) वा मिर्गौला प्रत्यारोपण(नयाँ मृगौलाको जोहो गरी शरीरमा पुनः स्थापना गर्ने प्रकृया) गर्नुपर्छ । मृगौला असफलका २ प्रकारहरु हुन्छन्ः

  • तीव्र खालको मृगौला (एक्युट रेनल फेलर)
  • दिर्घकालीन मृगौला असफल(क्रोनिक किड्नी फेलर)

कुनै पनि व्यक्तिको मृगौला असफल हुनु पछाडि एक मात्र नभई विभिन्न कारणहरु जिम्मेवार रहेका हुन्छन्ः

तीव्र मृगौला असफलका कारणहरु

  • झाडाबान्ता पश्चात् शरीरमा पानीको अत्याधिक कमी हुनु,
  • अत्याधिक रक्तश्राव,
  •  मृगौलालाई क्षति पु¥याउने खालका औषधीको दुरुपयोग । जस्तैः पेनकिलर र वैकल्पिक औषधी(अल्टरनेटिभ थेरापी)को जथाभावी सेवन,
  • मृगौला पत्थरी,
  •  भयानक वा गम्भीर संक्रमण(सिभियर सेप्सिस),
  • पिसाब निष्काशनमा अवरोध,
  • र, हृदयघात ।

कुनै पनि रोगको रोकथाम वा उपचार भन्नु नै त्यसका कारणको रोकथाम गर्नु हो । तसर्थ व्यक्तिमा मृगौला असफल हुनु पछाडिका माथि उल्लेखित यी कारणहरु लाई समयमै पहिचान गरी रोकथाम गरिएमा यस्तो किसिमको मृगौला असफल भएका अधिकांश बिरामीहरु निको हुन्छन् ।

दिर्घकालीन मृगौला असफलका कारणहरुः

  •  ग्लोमेरुलार डिजिज (मृगौलाभित्र रहने जालीको रोग),
  • मधुमेह,
  •  उच्च रक्तचाप,
  • मृगौलालाई असर गर्ने औषधिको दिर्घकालीन प्रयोग,
  • वशांणुगत रोगहरु(पोलिसिस्टिक किड्नी डिजिज),
  •  पिसाब प्रवाहमा अवरोध, समस्या वा दिर्घकालिन संक्रमण(क्रोनिक इन्फेक्शन),
  •  अटो इम्युन डिजिज(सिस्टेमेटिक लुपस इराईथेमेटोसस),
  • हालसम्म कारण पत्ता लाग्न नसकेका रोगहरु,
  •  र, विभिन्न कारणले गर्दा हुने दिर्घकालीन इन्टरस्टिसियल रोगहरु(क्रोनिक इन्टरस्टिसियल डिजिज) ।

बच्ने उपाय

  •  नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
  • प्रत्येक स्वस्थ व्यक्तिले वर्षका १ पटक अनिवार्य रुपमा आफ्नो आवश्यक स्वास्थ्य जाँच गराउनु पर्छ । त्यस्तै, बिरामीको हकमा भने
  • चिकित्सकको सल्लाह अनुसारस्वास्थ्य जाँच गराउनुपर्छ ।
  • मृगौलालाई असर गर्ने कारणबाट टाढा रहने ।
  • जस्तोः मधुमेह र रक्तचाप आदिको पनि नियमित परीक्षण गरेर नियन्त्रण राख्ने ।
  •  झाडावान्ता हुँदा शरीरलाई आवश्यक पानी, सुप, झोलिलो खाना, जीवनजलको प्रशस्त सेवन गर्ने ।
  •  उचित आहारको सेवन ।
  • नुन तथा माछामासुको प्रयोग कम गरी शाकाहारी खानामा बढि जोड दिने । यस्तै, स्वच्छ तथा सफा सुग्घर खानाको प्रयोग गरी विषाक्त
  • एवम् सञ्चय गरी राखेका(फ्रोजन गरिएका) खानाको सेवनबाट टाढै रहने ।
  •  नियमित व्यायाम गर्ने ।
  •  तनावमुक्त रहि सकरात्मक सोचको विकास गर्ने ।
  •  सक्रिय जीवन व्यतित गर्ने ।
  •  चिकित्सकको सल्लाहबिना कुनै पनि औषधिको सेवन नगर्ने ।
  •  सुर्तीजन्य पदार्थ एवम् धुम्रपानको सेवन नगर्ने ।
  •  र, परिवारका कुनै सदस्यमा मिर्गौला समस्या देखिएका व्यक्तिले आफ्नो पनि मृगौलाको अवस्थाको जाँच गर्ने ।

शरीरमा एउटा मात्रै मृगौला रहदाका बेफाइदा

स्वस्थ जीवनयापनका लागि व्यक्तिलाई दुवै स्वस्थ मृगौलाको आवश्यक हुन्छ । दुवै मृगौलाले २४ सै घण्टामा काम गरिरहन्छन् । कारणवश कतिपय एउटा मात्र मृगौला रहने बाध्यात्मक परिस्थितीको सृजना भएमा पक्कै पनि बाँकी एउटा मृगौलाको आकार, प्रकार  परिवर्तन आउनुका साथै सामान्य रुपमा काममा पनि परिवर्तन आउन सक्छ । स्वस्थ मृगौला भएका स्वस्थ र वयस्क व्यक्तिले दुईमध्ये एक मृगौला दान गर्न सक्छन् ।

-एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ