२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर : डा. बानिरा

पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर : डा. बानिरा


काठमाडौं – पछिल्लो समय पुरुषमा पनि स्तन क्यान्सर देखिन थालेको नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत ल्याप्रोस्कोपिक सर्जन डा.बानिरा कार्कीले बताएकी छिन् । ६० देखि ६५ वर्ष र त्यसभन्दा माथि उमेरसमूहका पुरुषहरुमा स्तन क्यान्सरको समस्या देखिन थालेको भन्दै उनले सचेत रहन आग्रह गरेकी छिन् ।

डा. कार्कीका अनुसार अधिकांश पुरुषहरु स्तन वरपर बिबिरा आउने र रातो हुने समस्या लिएर छालारोग विशेषज्ञसम्म पुगिरहेका छन्  । तर, त्यस्तो लक्षण क्यान्सरको पनि हुनसक्छ ।

‘पुरुषहरुको स्तन छेउछाउ सानोतिनो घाउ आउँदा, निप्पलबाट पानीमिश्रित रगत वा पिप बग्न थाल्दा, रातो रातो गिर्खा निस्किँदा पुरुषहरुले सचेत हुनुपर्छ, ‘उनले भनिन्, ‘ ब्रेस्ट क्यान्सरबाट पीडित पुरुषहरुको निप्पल पनि महिलाको जस्तै भित्रतिर तानिन थाल्छ । गाँठागुठी आउँदा दुख्दैन ।’

पुरुषहरुमा स्तन छेउछाउ काखीतिर, घाँटीको भाग र केही तल गाँठागुठी आयो र त्यो बढ्दै गयो भने त्यसलाई समेत ब्रेस्ट क्यान्सरको लक्षण मान्न सकिने  हुँदा  मिल्दोजुल्दो कुनै पनि लक्षण देखियो भने साधारण गिर्खा, गाँठो वा इन्फेक्सन हो भनेर नबस्न समेत उनको सुझाव छ।

डा. कार्कीकाअनुसार धेरै मोटो व्यक्ति, जंकफूड बढी मन पराउने, अनहेल्दी फूड प्रयोगमा जोड दिने, धुम्रपान गर्ने, बढी मदिरा सेवन गर्ने पुरुषहरुमा ब्रेस्ट क्यान्सर हुनसक्छ । तसर्थ, यस्ता फूडहरुबाट टाढै बसी स्वस्थकर जीवनशैली र खानपान अपनाउनुपर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ