२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. प्रमोद क्षेत्रीको सल्लाहः मिर्गौला रोगका बिरामी यसरी बच्नुस् कोभिड-१९ बाट

डा. प्रमोद क्षेत्रीको सल्लाहः मिर्गौला रोगका बिरामी यसरी बच्नुस् कोभिड-१९ बाट


विश्वमा दिन प्रतिदिन कोरोना संक्रमित दर बढ्दो क्रममा छ । नेपालमा पनि यसको संक्रमण र मृत्युदरको संख्या दिनानुदिन उकालो लाग्दै गएको छ । कोरोनाको उच्च जोखिममा विशेषगरी दीर्घरोगका बिरामीहरु रहेका छन् । जसमध्ये मिर्गौला रोगका बिरामीहरु पनि एक हुन् ।

मिर्गौला सम्बन्धिको समस्याले व्यक्तिको रोग प्रतिरोध क्षमतालाई कम गराउने हुँदा त्यस्ता व्यक्तिलाई कोभिड मात्र नभई अन्य जुनसुकै रोग तथा संक्रमणले सजिलै हमला गरी व्यक्तिमा गम्भीर जोखिमलाई निम्त्याउँछ ।

अझ प्रस्ट रुपमा भन्ने हो भने यदि कुनै दुई कोरोना संक्रमितमध्ये एकजना सामान्य व्यक्ति र अर्काे दोस्रो व्यक्ति मिर्गौला रोगको बिरामी रहेको छ भने तुलनात्मक रुपमा उक्त संक्रमणका कारण मिर्गौलाका दीर्घ समस्या भएको व्यक्तिलाई यसले द्रुत गतिमा असर गर्ने, व्यक्तिको स्वास्थ्यलाई स्वस्थ व्यक्तिको तुलनामा बढी क्षति पु¥याउने वा ज्यानैसम्म जानसक्ने भयको सिर्जना गराउँछ ।

त्यसैले पनि व्यक्तिले आफूलाई यस्ता समस्याको शिकार हुन नदिन आफ्नो मिर्गौलालाई स्वस्थ बनाई राख्न जरुरी छ ।

सामान्य अवस्थाका व्यक्तिले निम्न गतिविधिबाट मिर्गौला स्वस्थ बनाउन सक्छन्ः

  • प्रशस्त मात्रामा पानी पिउने
  • माछा मासु कम खाने
  • धुम्रपान तथा सूर्तिजन्य सेवनबाट टाढै रहने
  • जथाभावी औषधिको प्रयोग नगर्ने
  • सन्तुलित आहारको सेवन गर्ने
  • नियमित व्यायाम गर्ने
  • र, नियमित स्वास्थ्य परीक्षण गराउने

यस्ता गतिविधिमा ध्यान पु¥याएमा कुनै पनि सामान्य व्यक्तिले आफ्नो किड्नीलाई स्वस्थ राख्न सक्छन् । तर, यसबाहेक केहि यस्ता समूहहरु पनि छन्, जो दीर्घ मिर्गौला रोगबाट पीडित भएका हुन्छन् ।

कोभिड—१९ संक्रमणले शरीरको प्रतिरोध क्षमतालाई कमजोर बनाउने हुँदा, यस्ता समूह अन्यको तुलनामा उच्च जोखिमको दायरामा पर्छन् । जसअन्तर्गत डायलाइसिस गराइरहेका, लामो समयसम्म मिर्गौला समस्याका कारण औषधि लिइरहेका वा मिर्गौला प्रत्यारोपण भएर औषधि सेवन गरिराखेका आदि समूहहरु पर्छन् ।

यस्ता समूहले कोरोना महामारीको यस समयमा जोखिमलाई कम गराउन ध्यान दिनुपर्ने मुख्य पक्षहरु निम्न छन् :

  • जोखिम कम गराउन विश्व स्वास्थ्य संगठन वा विभिन्न स्वास्थ्य संस्थाले दिएको सावधानीका मापदण्डलाई विशेष रुपमा अनुशरण गर्ने । जस्तोः मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, समय–समयमा साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्ने आदि ।
  • डायलाइसिस गराउने बिरामीले आफ्नो डायलाइसिस उपचारलाई निरन्तरता दिने
  • चिकित्सकको सल्लाहअनुसार खाना खाने
  • घरभित्रै छत वा बगैंचामा ध्यान, योगा तथा १५/२० मिनेटसम्म मात्रै हल्का हिडेर शरीरलाई सक्रिय राख्ने
  • वैकल्पिक औषधिको प्रयोग नगर्ने
  • चिकित्सकको सुझावअनुरुप नियमित औषधिको सेवन गर्ने
  • डायलाइसिसका लागि स्वास्थ्य संस्था आवतजावत गर्दा सकेसम्म निजी वा एउटै साधनको प्रयोग गर्ने अथवा उच्च सर्तकता अपनाइएका सवारी साधनको मात्रै प्रयोग गर्ने र मास्कको प्रयोग अनिवार्य रुपमा गर्ने
  • जथाभावी नछुने र भिडभाडमा नजाने
  • रुघाखोकी लागेका व्यक्ति, बिरामी, वृद्धवृद्धाको समूह तथा कोरोना शंकाको घेरामा भएका समूहबाट टाढै रहने
  • स्वास्थ्य सम्बन्धि आफूलाई केही समस्या परेमा सकेसम्म टेलिफोनकै माध्यमबाट चिकित्सकको सल्लाह लिने वा चिकित्सककै सल्लाहमा मात्रै अस्पताल जाने ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ