२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यचायाले हैरान हुनुहुन्छ, यसरी गर्न सकिन्छ समाधान

चायाले हैरान हुनुहुन्छ, यसरी गर्न सकिन्छ समाधान


चाया रोग एक किसिमको सुपर फिसियल फंगल इन्फेक्सनबाट लाग्ने रोग हो । यो एक प्रकारको ढुसी हो । यसले शारीरिक रुपमा पार्ने असर त छदैंछ, यसबाहेक यसले मानसिक रुपमा पनि ब्यक्तिलाई लज्जाबोध गराउँछ ।

फलस्वरुपः व्यक्तिमा आत्मविश्वासको कमीका कारण समूह तथा हुलमुलमा नै बस्न छाडिदिने गर्दछ । तसर्थ, हामीले चायाको निर्मुलन समयमै गर्नु पर्दछ । यो चाया रोग, ‘म्यालसेसिया फरफर’ नामक जीवाणुको कारण लाग्दछ ।

नेपालीमा ‘फुकुवा’ भनेर चिनिने यो रोग सामान्यतयाः बच्चाहरुमा आमाको हार्मोनको कारण नौ महिनाभित्र देखा पर्दछ । जुन बच्चाको टाउकाको अघिल्लो भागमा प्राप्राको रुपमा रहेर बसेको हुन्छ ।

यसबाहेक युवावस्थामा देखिने चायाको सन्दर्भमा भन्नु पर्दा यो रोग विभिन्न कारण देखा पर्ने गर्दछ ।

– हार्मोनका कारण
– कपालमा आएको चिल्लोपनका कारण
– सरसफाइको कमीका कारण
– वर्षा तथा जाडोयाममा प्रयोग गरेको हेलमेट तथा टोपीहरु भिजेर गुम्सिएको खण्डमा
– जाडोमा प्रयोग गुम्सिने गरी ऊनीका टोपीहरुका प्रयोग गरेमा
– बढी धुलो—धुवाँमा बस्नाले आदि ।

रोकथामका उपायहरु

सर्वप्रथम हामीले चाँया रोग भनेको फंगल्सका कारण लाग्ने रोग भन्ने बुझ्नुपर्छ । यो चिल्ल्लोपना बढी भएको ठाउँमा फस्टाउने गर्दछ । सो चाँयाको रोकथामको निमित्त सर्वप्रथम हामीले हाम्रो कपालमा तेल हाल्ने बानी बन्द गर्नुपर्छ ।

यसैगरी अत्याधिक धुलो—धुवाँ भएको वातावरणबाट जोगिनु पर्दछ । यदि त्यस्तो वातावरणमा हिड्नैपर्ने भए हामीले आफ्नो टाउको तथा शरीर पूरा ढाकिने कपडा लगाउनु पर्दछ ।

हामीले आफ्नो सरसफाइमा विशेष ध्यान दिई दैनिक नुहाउनाले पनि चायाबाट छुटकारा पाउन सकिन्छ । यस्तै, आजभोलि बजारमा चाया प्रतिरोधात्मक विभिन्न स्याम्पु तथा लोसनहरु पनि उपलब्ध छन् । किटोपनाजोल र किम्बाजोलजस्ता स्याम्पुहरु पनि यसमा कामयावी हुन सक्छन् ।

अन्य औषधि तथा उचित ओरल औषधिहरुको प्रयोगले पनि चाँया निर्मुल पार्न मद्दत गर्दछ । हाम्रो शरीरमा र कपालमा एउटै फंगल्सका कारण चाँया पर्ने हुँदा कतिपय अवस्थामा यो अत्याधिक मात्रामा बढी शरीरभर नै फैलन सक्ने पनि हुन्छ । त्यस्तो अवस्थामा चायाले कतिको भाग ओगटेको छ र, यसले कतिको असर पारेको छ भन्ने कुरा ध्यानमा राखी औषधि उपचार गर्नु पर्दछ ।

तर, पर्याप्त हेरचाह गर्दागर्दै पनि चायाले सतायो वा चायाका कारण चिलाएको ठाउँ रातो देखिन गई त्यहाँको छालाहरु जान थालेको अवस्थामा भने हामीले तुरुन्त चिकित्सकसँग परामर्श लिनु पर्दछ । यसैगरी, चाया हराइसकेपछि पनि नियमित र पूर्ण रुपमा औषधिको प्रयोग गरी कम्तिमा हप्तामा मेन्टेन्स थेरापी गरेको खण्डमा पनि चाया रोग फर्कने सम्भावना न्युन रहन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ