२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यप्रा.डा. चन्दा कार्कीलाई प्रश्नः सन्तान जन्माउने उपयुक्त उमेर कुन हो ?

प्रा.डा. चन्दा कार्कीलाई प्रश्नः सन्तान जन्माउने उपयुक्त उमेर कुन हो ?


काठमाडौं—अहिले सन्तानको योजना बनाउने विषयमा दम्पतीहरुमा अन्योलता पाइन्छ । कामकाजी जीवनशैलीका कारण मानिसहरु अहिले ढिलो विवाह गर्न थालेका छन् । जसका कारण सन्तानको योजनामा पनि ढिलाइ हुँदै गइरहेको छ ।

जसका कारण दम्पतीहरुमा सन्तान योजना बनाउँदा केही समस्याहरु पनि देखिन थालेका छन् । वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा.डा. चन्दा कार्कीकाअनुसार शारीरिक रुपमा पूर्ण विकास भइरहेको महिला, आर्थिक र सामाजिक रुपमा सबल बनिसकेका दम्पतीहरुले सन्तानको योजना बनाउनुपर्नेमा जोड दिन्छन् ।

‘सन्तान पाउने सन्दर्भमा हामी दुई वटा कोणबाट हेर्छौ । पहिलो २० वर्षभन्दा पहिले बच्चा नपाउन सल्लाह दिन्छौं । त्यो किनभने, यो अवधिमा आमाको शारीरिक विकास भइसकेको हुँदैन् । अर्को उनी आर्थिक र अन्य रुपले पनि अभिभावक बन्नका लागि सबल भएको हुँदैनन्,’ उनी भन्छन्, ‘पढाइ पूरा भएको हुँदैन, कमाइ पनि हुँदैन् । अर्को, बच्चाबारेमा पनि धेरै बुझेको हुँदैन, त्यसकारण २० वर्षभन्दामुनि उमेर हुँदा बच्चा नजन्माउन हामीले सल्लाह दिने गर्छौ ।’

उनकाअनुसार २० देखि ३० वर्षसम्मको उमेर सन्तान जन्माउनका लागि सबैभन्दा राम्रो र उपयुक्त समय हो । ‘हामी २० वर्षदेखि ३० वर्षसम्म बच्चा जन्माउँदा राम्रो भन्छौं । यसअघि हामी २५ वर्षसम्म भन्थ्यौं, अहिले ३० वर्षसम्म भन्छौं,’ डा. कार्की भन्छिन्, ‘अहिले मानिसको ढिलो विवाह हुने भएकाले ३५ वर्षसम्म पनि सन्तान जन्माउँछन् । तर, २० देखि ३० वर्षभित्र गर्भवती हुन सक्दा सबैभन्दा राम्रो हो ।’

बाँकी भिडियोबाट




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ