२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडोमा देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ?

जाडोमा देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ?


जाडो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । ज्वरो, निमोनिया, स्कीन एलर्जी र दमजस्ता स्वास्थ्य समस्याले सताउने हुँदा शरीरलाई न्यानो राख्न एकदमै जरुरी हुन्छ । जाडो मौसममा शरीर पूरै छोप्ने गरी लुगा लगाउन र खानपानमा पनि विशेष ध्यान दिन जरुरी छ ।

जाडोमा चिसोका कारण हुने स्वास्थ्य समस्यामा निमोनिया, स्कीन एलर्जी, दम हुन् । यी तीनवटै रोगहरु चिसो बढेसँगै लाग्ने गर्दछन् । चिसोले रुघाखोकी लाग्छ, त्यही रुघाखोकी बिग्रियो भने निमोनिया हुने गर्छ । कसै—कसैलाई कोल्ड एलर्जी हुने गर्छ ।

बच्न के गर्ने ?

खासगरी जाडो मौसममा चिसोबाट बच्नु नै रोगहरु बाट बच्ने प्रमुख उपाय हो । त्यसैले जाडो मौसममा आफूलाई न्यानो बनाइराख्नुपर्छ । घाम ताप्दा पनि धेरै रोगहरुबाट बच्न सकिन्छ । भिटामिन डिको कमी हुन नदिन पनि घाम ताप्नु अनिवार्य हो ।

जुन व्यक्तिलाई चिसोले गर्दा रुघाखोकी बढी लाग्छ । ती व्यक्तिहरुले चिसोबाट जोगिनु पर्छ । जाडो मौसममा चिसो अत्याधिक बढेको छ भने बिहान थोरै लुगा लगाएर बाहिर निस्कनु हुँदैन् । कतिपय मानिसहरु बिहान चाडै उठेर चिसै पानीले नुहाएर पुजा गर्ने गर्दछन् । त्यसो गर्दा शरीरमा चिसो लाग्छ, त्यस्ता व्यक्तिले बिहानै नुहाउनु परेपनि मनतातो पानीले नुहाउने गर्नुपर्छ । आफूलाई न्यानो बनाउने लुगाहरु लगाएर मात्रै पुजाजस्ता कार्यमा लाग्नुपर्छ ।

बिहान कलेज जाने विद्यार्थीहरु हुन्छन् । उनीहरुले आफ्नो कान छोप्ने, बाइक चलाउँदा हातमा पन्जाहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।

जाडोमा कस्ता खानेकुरा नखाने ?

चिसो मौसममा खाने कुरामा एकदमै ध्यान दिन जरुरी छ । दही, केरा, अनारले कफ गराउने हुँदा यस्ता खानेकुरा खादा विचार गर्नुपर्छ । यसको अर्थ सबै व्यक्तिलाई दही, केरा खायौं भने रुघा लाग्छ भन्ने हुँदैन् । जुन व्यक्तिलाई दही खाँदा रुघा लाग्ने गर्छ, ती व्यक्तिले खानु हुँदैन् ।

सधैँ खाइराख्ने व्यक्तिले यी खाने कुराहरु पचाउन सक्छ । उनीहरुलाई रुघाखोकी नलाग्न पनि सक्छ । त्यस्तै, वासी खानेकुराले फ्रिजमा राखेका खाना खानु हुन्न् । प्याक फुडहरू पनि खानु हुन्न किनभने प्याक फुडहरू नबिग्रियोस् भनेर फ्रिजमा राखेर ल्याएको हुन्छ । र, त्यस्ता खाने कुराले झन रोग बढाउँछ । सबै खानेकुराहरु स्टोर गर्न मिल्दैन् । त्यसैले सकेसम्म वासी खानेकुराहरु खादै नखाँदा राम्रो हुन्छ ।

जाडोमा मनतातो चिजहरु खानुपर्छ । तातो खाने कुरा खायौं भने चिसो कम लाग्छ । तुलसी, अदुवा खानुपर्छ र साथै मह पनि महको प्रयोगले रुघाखोकी नियन्त्रण गर्न सघाउँछ । यस्तै, सुप, दाल खिचडी, सागसब्जीहरु पर्याप्त मात्रामा खायौ भने पनि चिसोबाट हुने रोगबाट बच्न सकिन्छ ।

आजभोलि बसाइ सराइकों मात्रा पनि बढ्दो छ । त्यसले गर्दा भाइरल फिवरहरु बढ्ने सम्भावना रहन्छ । त्यसैले यी रोगहरुबाट बच्नका लागि ‘फ्लू भ्याक्सिन’ लगाउन जरुरी छ । यो भ्याक्सिन जाडो महिना सुरु हुनु पहिले लगाउनु पर्दछ । भ्याक्सिनले फ्लू लाग्नबाट केही जोगाउँछ ।

बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल गरौं

जाडो मौसममा बच्चा र बुढाहरूलाई रोगले छिटो आक्रमण गर्छ । वृद्धवृद्धाहरुमा उमेर बढेसँगै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि घट्दै जान्छ । त्यसैले वृद्धवृद्धाहरुले जाडो मौसममा धेरै सावधानी अपनाउन आवश्यक छ । तीबाहेक अरु उमेर समूहकाहरुले चिसोको सावधानी अपनाएन भने उनीहरुलाई पनि चिसोमा हुने रोगहरु लाग्ने गर्छन् ।

बच्चाहरु आफ्नो स्याहार आफै गर्न सक्दैनन्, त्यसैले चिसो लाग्छ । वृद्धवृद्धाहरुमा शारीरिक अशक्तता हुँदाहुँदै पनि उनीहरु सरसफाइ गर्दा चिसै पानीले आफै सरसफाई गर्ने गर्छन् । र, उनीहरुलाई चिसो लाग्छ । त्यसैगरी चिसो मौसममा बगैंचामा सरसफाइ गर्यौ भने त्यहाँबाट आएका फोहोरका कारण दम हुन्छ ।

पहिलेदेखि धुम्रपानका कारण फोक्सो बिग्रेको छ भने ती बिरामीहरुलाई जाडो महिनामा २—३ पटक नै दम हुने गर्छ । त्यसैले यस्ता व्यक्तिले जाडों महिनामा चिसोबाट जोगिनु अति आवश्यक छ ।

प्रस्तुतिः भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ