२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडोमा देखिन्छन् मुटु स्वास्थ्यमा यस्ता समस्या, कसरी बच्न सकिन्छ ?

जाडोमा देखिन्छन् मुटु स्वास्थ्यमा यस्ता समस्या, कसरी बच्न सकिन्छ ?


विश्वमै सबैभन्दा बढी मानिसको मृत्यु मुटु रोगकै कारण हुने गरेको पाइएको छ। मुटु रोग अहिले घरघरकै समस्याजस्तो भैसकेको छ। प्राय: मानिसहरुको खानपान र व्यस्त जीवनशैली, भागदौड, तनाव केही हदसम्म यसको जिम्मेवार मानिन्छ।

अझ गर्मीयाममाभन्दा बढी जाडोयाममा मुटु रोगको समस्या बढी देखिने गरेको पाइन्छ। किनभने मौसम चिसो रहने हुँदा मानिसहरुको शारीरिक गतिविधि कम हुने देखिन्छ। चिसोले गर्दा  मानिसहरु हिडडुल नगर्ने, शारीरिक व्यायाम कम गर्ने, खानेकुरामा ध्यान नदिने र एकैठाउमा बसिरहने गर्दछन जसले झनै यसको जोखिम बढाउने गर्दछ ।

त्यस्तै, जाडोमा श्वासप्रश्वास सम्बन्धि समस्या देखिने गर्छ। चिसोका कारण शरीरमा उत्पन्न हुने रसायनहरूले मुटुको धड्कन बढाउन मद्दत गर्छन्। मुटुभित्रका नलीमा रक्त संचारअवरुद्ध गर्ने र रगत जम्ने समस्या देखिन सक्छ । जाडोमा उच्च रक्तचाप पनि बढ्ने हुँदा विशेष ध्यान दिनु जरुरी छ।

अर्को, ठूलो समस्या भनेको यस मौसममा हृदयघात पनि बढी बढ्ने गरेको पाइएको छ ।

त्यसैले यससमयमा शरीरलाई न्यायो राख्ने, शारीरिक व्यायाम गर्ने खानपिनमा ध्यान दिनुपर्दछ। खानपिनमा स्वस्थ आहार र भिटामिन डी युक्त तत्व खाने गर्नुपर्छ । यसमा कार्वोहाइड्रेट र गुलियो पदार्थ सेवन कम गर्नुपर्दछ  । जाडो महिनामा कोठाहरु थुनेर बस्नु हुँदैन। झ्याल ढोका खुला राख्नुपर्दछ । मुटुसम्बन्धि रोगभएकाले जाडोमा विशेष बच्नु नै राम्रो उपाय हो।

हेर्नुहोस भिडियोमा जाडोको समयमा देखिने मुटु स्वास्थ्य समस्याबारे विस्तृत रुपमा वरिष्ठ कार्डियोलोजिष्ट डा. संजय श्रेष्ठसँग गरिएको कुराकानी :




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ