२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडोमा बालबालिकालाई रुघाखोकीबाट कसरी बचाउने ?

जाडोमा बालबालिकालाई रुघाखोकीबाट कसरी बचाउने ?


जाडो मौसममा बच्चालाई हुन सक्ने प्रमुख स्वास्थ्य समस्या रुघाखोकी हो । जसलाई कमन कोल्ड पनि भनिन्छ । जुन भाइरल इन्फेक्सन हो । यो भाइरसबाट सर्ने इन्फेक्सन हो । जाडो मौसममा यो समस्या ९० प्रतिशत बच्चाहरुमा देखिएको हुन्छ ।

बच्चाहरुमा पनि ५ वर्षमुनिकालाई यो समस्या धेरै देखिने गर्छ । अरु जुन बच्चाहरु (Premature Delivery) समय पूर्व नै जन्मेका हुन्छन्, जुन बच्चालाई जन्मेपछि भेन्टिलेटरमा धेरै दिन राखिएको छ । त्यस्ता बच्चालाई रुघाखोकी लाग्ने सम्भावना अरु बच्चाभन्दा बढी हुन्छ । कमन कोल्ड भनेको एउटा रोग नै हो । यो सन्चो भएन भने निमोनिया पनि हुन सक्छ । कुनै बच्चामा आस्थामा छ भने यसले गर्दा दम बढाइ दिन्छ ।

कारणहरु

जाडोमा बालबालिकामा रुघाखोकी देखिने विभिन्न कारणहरु हुन्छन् । संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा त्यसबाट बालबालिकामा सर्न सक्छ । रुघाखोकी संक्रमितले प्रयोग गरेका कलम, मोबाइल, किताब, कम्प्युटर आदिबाट पनि यो स्वास्थ्य समस्या सर्न सक्छ ।

लक्षणहरु

  • बच्चाले केही असहज महसुस गर्ने
  • खान मन नगर्ने
  • नाकबाट सिंगान बग्ने
  • हाच्छिउँ आउने
  • नाक बन्द हुने
  •  श्वास लिन गाह्रो महसुस हुने

यस्ता लक्षणहरु देखिएमा तुरुन्तै डाक्टरलाई देखाउनुपर्छ ।

बालबालिकालाई कमन कोल्डबाट कसरी बचाउने ?

आमालाई रुघाखोकी लागेको छ भने बच्चालाई स्तनपान गराउँदा साबुन पानीले हात धोएर र माक्स लगाएर मात्रै स्तनपान गराउनुपर्छ । अलि ठूला बच्चाहरुलाई साबुन पानीले राम्रोसँग हात धुन लगाउनुपर्छ । विद्यालय जाने बच्चाहरुलाई रुघाखोकीको समस्या देखियो भने केही दिन भिडभाडमा जान दिनु हुँदैन् । स्कुल जानुपर्ने भएमा माक्स लगाएर पठाउने र नियमित सरसफाइमा ध्यान दिनुपर्छ । धुँवाधुलोबाट बचाउनुपर्छ ।

कमन कोल्ड लागेका बच्चाहरुलाई हाइड्रेसन धेरै कायम राख्नुपर्ने हुन्छ । तातो—तातो झोल खानेकुराहरु धेरै खुवाउनुपर्छ । खाना खाने उमेर नपुगेको बच्चाहरुका हकमा भने आमाले चिसो खानेकुरा खानु हुँदैन् । आमालाई चिसो लाग्यो भने बच्चालाई सर्ने सम्भावना बढी रहन्छ । त्यसैले आलु, भण्टा, गाँजर, फर्सी, दही, अचार, चिसो, अमिलो तथा गुलियो कुरा धेरै खानु हुँदैन् । बच्चाका साथै आमाले धुँवा र धुलोबाट बच्नुपर्छ ।

यो एउटा भाइरल हो आफै निको भएर जान्छ । यसलाई निको हुन एक हप्ता लाग्छ । कुनै—कुनै बच्चाहरुलाई निको हुन त्योभन्दा केही बढी समय पनि लाग्न सक्छ । तर, धेरैजसो बच्चाहरु हप्ता दिनमा सन्चो हुने गर्छन् । जाडो मौसम सुरु हुनुभन्दा पहिले ‘फ्लू भ्याक्सिन’ लगाउनुपर्छ । कमन कोल्डको खास कुनै उपचार हुँदैन्, यो आफै निको भएर जाने गर्छ । त्यसैले यसलाई केही नियन्त्रण गर्नका लागि बच्चाको लक्षण हेरेर त्यहीअनुसारका औषधीहरु छन् । जुन चिकित्सकहरुको सल्लाहमा प्रयोग गर्न सकिन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ