२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यराजनीतिक समाचारले बढाउन सक्छ मानसिक तनाव : अध्ययन

राजनीतिक समाचारले बढाउन सक्छ मानसिक तनाव : अध्ययन


समाचारहरू पढेर के भइरहेको छ भन्ने कुराको जानकारी लिनु मानिसहरूको सामान्य दैनिकी मध्येको एक हो । चाहे त्यो राजनीतिक समाचार होस् या मौसम या घटना, मानिसहरु टिभी, रेडियो, मोबाइल फोनबाट विश्वभरका समाचार तथा जानकारीहरू लिइरहेका हुन्छन् ।

तर हालै गरिएको अध्ययनले राजनीतिक समाचारले मानिसहरूको मानसिक स्वास्थ्यमा असर पार्न सक्ने पत्ता लगाएको छ । जर्नल अफ पर्सनालिटी एण्ड सोसल साइकोलाजिमा प्रकाशन गरिएको एक अध्ययनले दिनहुँ पढिने राजनीतिक समाचारहरूले मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको जनाएका छ ।

त्यस्तै अध्ययनले राजनीतिक समाचारहरू कम पढ्नू तथा सुन्नाले मानिसको मानसिक स्वास्थ्यलाई राम्रो बनाउन सहयोग पुग्ने भए तापनि पूर्ण रूपमा यसलाई वास्ता नगर्दा मानिसहरूको राजनीतिमा लाग्ने इच्छा पनि न्यून बनिरहेको पत्ता लगाएको हो ।

कसरी दिनहुँ सुनिने समाचारले मानसिक स्वास्थ्यमा असर पार्छ भनेर गरिएको यस अध्ययनमा युनिभर्सिटी अफ टोरन्टोको रिसर्च टिमले अमेरिकाको १९८ जनामा गरेको अध्ययनमा उनीहरूलाई दुई हप्तासम्म प्रत्येक दिन राजनीति सम्बन्धी कुनै एक घटना या विषयवस्तुको बारेमा बताउन लगाइयो ।

अध्ययनमा सहभागीहरूले राजनीति सम्बन्धी आफ्नो भावनात्मक उत्तरहरूको रेकर्ड राख्नुका साथै उनीहरूले ती भावनालाई कसरी सम्हाले, मानसिक तथा शारीरिक अवस्थामा कस्तो प्रभाव पर्‍यो र राजनीतिक कार्य गर्नको लागि प्रेरित भए की भएनन् जस्ता कुराहरू सामेल गरेका थिए ।

अध्ययनको टिमले अध्ययनमा सहभागीले कनै सकारात्मक राजनीतिक समाचार सुने पनि त्यसले दिमागमा नकारात्मक असर पार्ने पत्ता लगाए । त्यस्तै राजनीतिको बारेमा नकारात्मक समाचार सुन्नेहरूको मानसिक अवस्था झनै बिग्रँदै गएको उक्त अध्ययनमा पत्ता लाग्यो ।

यद्यपि उनीहरूले राजनीतिक कार्यहरूमा संलग्न हुने प्रेरणा भने प्राप्त गरे । त्यस्तै राजनीतिका नकारात्मक समाचारहरूलाई बेवास्ता गर्न आफूहरूलाई अन्य कुरामा सामेल गर्ने तथा समाचारहरूमा अझै सकारात्मकता आइदियोस् भन्ने भावना राखिने गरिएको पनि अध्ययनले पत्ता लगायो ।

अनुसन्धानकर्ताहरू भन्छन् यी निष्कर्षहरूले राजनीतिक घटनाहरूले व्यक्तिगत रूपमा औसत व्यक्तिलाई उनीहरूको मानसिक र शारीरिक स्वास्थ्य सहित कसरी असर गर्छ भनेर देखाउँछ । यसले नेताहरूले आफ्नो औपचारिक शक्तिभन्दा बाहिरका दूरगामी प्रभावहरू पनि प्रकट गर्दछ ।

त्यस्तै अध्ययनकर्ताहरूले यसको सही रूपमा निष्कर्ष निकाल्नको लागि अन्य राष्ट्रका मानिसहरूमा अध्ययन गरिनुपर्ने जनाएका छन् ।
एजेन्सीको सहयोगमा

 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ