२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके थाइरोइडले साँच्चै तौल बढाउँछ ?

के थाइरोइडले साँच्चै तौल बढाउँछ ?


धेरै मानिसको बुझाइमा मोटोपनको कारण थाइरोइड को आशङ्का गरिन्छ । थाइरोइडमा देखिने लक्षणमध्ये मोटोपना पनि एक कारण हो तर सबै अवस्थामा मोटोपनलाई थाइरोइडको कारण मान्न नमिल्ने हुँदा थाइरोइड बारे बुझ आवश्यक रहेको थाइरोइड रोग विशेषज्ञ डाक्टर अनिल यादव बताउँछन् ।

शरीरमा विभिन्न किसिमका ग्रन्थिहरू हुन्छन् । त्यस्तै थाइरोइड भनेको एउटा ग्रन्थि हो, जुन घाँटीमा सास फेर्ने नलिको बाहिर पट्टी रहेको हुन्छ र यो पुतली आकारको हुन्छ । यो ग्रन्थिको काम थाईरोइड हर्मोन उत्पादन गर्नु हो ।

थाइरोइडले के साँच्चै तौल बढाउँछ ?
थाइरोइडमा देखिने लक्षणमध्ये मोटोपन पनि एक कारण हो तर सबै अवस्थामा मोटोपनलाई थाईरोइडको कारण मान्न मिल्दैन । आजभोलि कतिपय मानिस तौल बढ्दैमा थाइरोइड भयो भन्ने शङ्का गरिरहेका हुन्छन् । तर हाम्रो खानपान नमिलेर शरीरमा तौल बढी रहेको हुन्छ तर सबै अवस्थामा थाइरोइड भयो भन्ने हुँदैन ।

कसरी सुरु हुन्छ थाइरोइड?
थाइरोइड रोगको फरक फरक कारणले भइरहेको हुन्छ । थाइरोइड रोग भन्नाले हर्मोनको कमीले या हर्मोनको वृद्धिले हुने रोग हो भन्ने धेरैको बुझाइ रहेको छ । हर्मोनको काम या बढी हुनुले मात्र थाइरोइड हुँदैन । अन्य कारणले पनि थाइरोइड भइरहेको हुन्छ । हर्मोनको कमीले हुने थाइरोइडलाई हाइपो थाइरोइड भनिन्छ । हर्मोन बढी भएमा हाइपर थाइरोइड भनिन्छ ।

ग्रन्थिमै मासु वा डल्लो पलाउने, नोडुला, क्यान्सर तथा नाक कान घाँटीको सङ्क्रमणले गर्दा थाइरोइड हुने गर्छ । त्यसलाई  सबएक्युड थामइरोडाइटिस भनिन्छ । हाम्रो समाजमा सबै भन्दा देखिने थाइरोइड भनेको पहिलो हाइपोथाइरोइड र त्यसपछि हाइपरथाइरोइड हुन् ।

कस्ता मानिसहरूमा थाइरोइड रोग हुन्छ ?
थाइरोइड रोग जुनसुकै उमेर समूह र जुनसुकै अवस्थामा हुने रोग हो । बच्चा कोखा अवस्थामा हुँदा नै यो रोग बच्चामा हुन सक्ने रोग हो । एसियन देशहरूमा स्क्रिनिङ टेस्ट गराउने प्रविधि नभएको हुँदा यो रोगको सुरुवात मै रोग लागेको थाहा हुँदैन ।

त्यस्तै विश्वव्यापी रूपमा यहाँ स्क्रिनिङ टेस्ट गराउने नभएकाले बच्चा जन्मेको केही दिन पछि बच्चालाई स्क्रिनिङ गरायो भने रोग पत्ता लगाउन सकिन्छ ।

थाइरोइडका लक्षणहरू के के हुन् ?
आमालाई थाइरोइड भएको भए या नभएको भए पनि ८० प्रतिशत बच्चाहरूमा लक्षणहरू नै देखिँदैनन् । बाँकी २० प्रतिशत बच्चाहरूमा तौल नबढ्ने , खाना नखाने ,धेरै चिच्याएर रुने , दिसा कडा हुने , नाइटो बाहिर निस्किने , जन्डिस हुने जस्ता लक्षणहरू देखा पर्ने गर्छन् ।

बेलैमा रोग पत्ता नलगाइने हो भने बच्चाको उचाइमा वृद्धि नहुने,मानसिक अवस्था कमजोर हुँदै जाने , शरीर मोटाउँदै जाने , महिलाहरूमा महिनावारी मा समस्या हुन्छ । शारीरिक विकास कम हुँदै जाने हुन्छ । उमेर बढेसङै शरीर सुस्त हुने ,थकान लाग्ने ,निन्द्रा लाग्ने ,मोटोपन हुने गर्दछन् । त्यस्तै यो समस्या लामो समयसम्म रह्यो भने मस्तिष्क तथा मुटुको  समस्याहरू पनि देखिन सक्छ ।

थाईरोइडको उपचार विधि के हो ?
थाईरोइडको उपचार त्यसको प्रकार हेरेर फरक फरक तरिकाले हुने हुन्छ । थाइरोइड निको हुने रोग होइन तर रोगको अवस्था हेरेर यो रोगको उपचार गरिन्छ कुनै कुनै अवस्थामा  छोटो समय औषधी खानु पर्ने हुन्छ भने कुनै कुनै अवस्थामा लामो समय सम्म औषधी खाई राख्नु पर्ने हुन्छ ।

सबै थाई रोइडको लागी खाने कुरामा बार्ने गरेको पाइन्छ जस्तै: भटमास ब्रोकाउली थाइरोइडका बिरामीले खानु हुँदैन भन्ने गरेको पाईन्छ । तर ब्रोकाउली र भट्मास सधैँ खायो भने चाहिँ त्यसले असर गर्छ । कहिलेकाहीँ खाँदा भने केही फरक पर्दैन ।

प्रस्तुति : भुमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ