२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकुन उमेर समूहका मानिसलाई कति समयको निन्द्रा आवश्यक ?

कुन उमेर समूहका मानिसलाई कति समयको निन्द्रा आवश्यक ?


एक व्यक्तिलाई कति समय सुत्न आवश्यक छ ? यो कुरा उसको उमेरमा भर पर्ने कुरा रहेको संयुक्त राज्य अमेरिकामा गरिएको अनुसन्धानले देखाएको छ ।

निन्द्राले नै मानिसको स्वस्थता निर्धारण गर्ने भएकाले विभिन्न उमेर समूहका मानिसले कति समय सुत्ने भन्ने कुरा पनि विभिन्न नै हुन्छ ।
नवजात शिशुलाई कुनै पनि उमेरका मानिसहरूको तुलनामा बढी निद्रा चाहिन्छ ।

अमेरिकाको भर्जिनियामा रहेको नेशनल स्लीप फाउन्डेसनले प्रत्येक व्यक्तिको जीवनशैली नै उसको निद्राको आवश्यकता बुझ्ने आधार भएको बताएको छ । एक दिनदेखि तीन महिनासम्मको नवजात शिशुलाई हरेक दिन १४ देखि १७ घण्टा सुत्न आवश्यक हुन्छ ।

चार महिनादेखि ११ महिनासम्मका बालबालिकाका लागि १२ देखि १५ घण्टा सुत्नु आवश्यक हुन्छ ।

एक देखि दुई वर्षका बालबालिकाका लागि ११ देखि १४ घण्टा सुत्नु पर्याप्त हुन्छ ।

तीन देखि पाँच वर्षका बालबालिकाका लागि १० देखि १३ घण्टा, १४ देखि १७ वर्षका किशोर किशोरीका लागि आठ देखि दश, १८ देखि २५

वर्षका युवा तथा वयस्कका लागि ७ देखि ९ घण्टा र कम्तीमा ६ देखि ११ घण्टा सुत्नु आवश्यक छ ।

एकै समयमा, ५० देखि ६५ वर्ष उमेरका मानिसहरूलाई सात देखि आठ घण्टा सुत्न सिफारिस गरिएको छ।

नेशनल स्लीप फाउन्डेसनका अनुसार राम्रो स्वास्थ्यका लागि समयमै सुत्ने र उठ्ने, मदिरा तथा लागू पदार्थको सेवन नगर्ने, सुत्नुअघि इलेकट्रोनिक उपकरण, मोबाइल आदिको प्रयोग नगर्ने गर्दा स्वस्थ जीवन जिउन सकिन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ