२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यओठ किन फुट्छ त ? ओठको स्याहार कसरी गर्ने ?

ओठ किन फुट्छ त ? ओठको स्याहार कसरी गर्ने ?


ओठ हाम्रो शरीरको सानो भाग हो । तर, ओठ फुटेमा खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रन्छ । विशेषगरी चिसो मौसममा धेरैको ओठ फुट्ने समस्याले सताउँछ । चिसो मौसममा चिसो हावाले गर्दा ओठ फुट्ने गर्छ ।

छालालाई पर्याप्त नरमपना चाहिन्छ । छाला र ओठमा नरमपना कायम राख्न हरेक मौसममा शरीरलाई पर्याप्त मात्रामा पानीको आवश्यकता पर्छ । जाडो मौसमा हावा सुख्खा हुने गर्छ र शरीरले हावाबाट पाउने मोइस्चराइजर पाउँदैन र ओठ बढी फुट्ने गर्छ ।

अरु मौसमको तुलनामा जाडो मौसममा हावा सुख्खा हुने हुँदा पानी प्रशस्त पिउनु पर्छ । सुख्खा ओठ वा फुटेको ओठ एक अवस्थामा सुख्खापनाको विकास हुन्छ ।

ओठ फुट्नुका कारणहरु

  •  वरपरको मौसम सुख्खा भएमा
  • जाडो मौसममा
  • पानीको कमी (Dehydration) भएमा
  • ओठमा मोइस्चराइजर नराखेमा
  • ओठमा जलन हुने टाँसिने वा कस्मेटिक उत्पादनको प्रयोग गरेमाकहिलेकाहीँ रोगका कारण पनि ओठ फुट्न सक्छ । जाडो मौसममा थाइराइड, इन्डोक्राइनजस्ता ग्रन्थीमा समेत रगतको मात्रा कम भएमा ओठ फुट्न सक्छ । ओठमा सुख्खापन आएर ओठ फुटेर सन्चो नहुने अवस्था वा असामान्य रुपमा यो अटोइम्यून रोगको संकेत पनि हुन सक्छ । जसमा मुख सुख्खा हुने आँखा सुख्खा हुने हुन्छ ।

यसको व्यवस्थापन के हो ?

-भ्यासेलिमन पेट्रोलम जेली मोइस्चराइजरको प्रयोग गर्नुहोस् । यो ओठलाई सुख्खा हुनबाट रोक्ने ओक्लुसीभ मोइस्चराइजर हो ।

-एसपीएफ (SPF) रेटिङ भएको लिप बाम प्रयोग गर्नुहोस् । जसले घामबाट पनि जोगाउँछ । जस्तैः लिप बाम नरिवलको तेल, मह, एलोवेरामा हुन्छ ।

-ओठमा सुख्खापन आउनु साथ ओठको सुख्खापन हटाउन धेरैले ओठ जिब्रो घुमाउने गर्छन् । तर, यस्तो गर्नु हुदैन् । त्यसो गर्नाले ओठ अझ बढी सुख्खा हुन्छ ।

-ओठ फुटेको ठाउँको छाला कोट्याउनु हुँदैन् । ओठ फुटेमा ओठमा छालाहरू सुख्खा भएर देखिने गर्छन् । ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन् । किनभने, घाउ हुन सक्छ ।

प्रस्तुति : भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ