२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसुत्केरी स्याहार कसरी गर्ने ? शल्यक्रिया र नर्मल डेलिभरीमा के फरक हुन्छ ?

सुत्केरी स्याहार कसरी गर्ने ? शल्यक्रिया र नर्मल डेलिभरीमा के फरक हुन्छ ?


बच्चा जन्मिसकेपछि गर्ने स्याहारलाई सुत्केरी स्याहार भनिन्छ । महिलाको गर्भधारणदेखि नै शरीरमा विभिन्न परिवर्तन भइरहेका हुन्छन् । सुत्केरीपछि महिलाको शारीरिक र मानसिक अवस्थामा परिवर्तन आउने गर्छ ।

सुत्केरीपछि शारीरिक र मानसिक अवस्था ठिक नभएपछि धेरै महिलाहरु विस्तारै डिप्रेसनको सिकार पनि हुन्छन् । त्यसका साथै सुत्केरी आमाको दूधबाट शिशुले सम्पूर्ण आहार लिने हुँदा सुत्केरीलाई उचित स्याहार सुसार नपुगेको अवस्थामा आमा र शिशु दुवैको स्वास्थ्य कमजोर हुन सक्छ । त्यसैले सुत्केरी स्याहारमा एकदमै ध्यान दिन जरुरी छ ।

सुत्केरी भएपछि देखिन्छन् यस्ता परिवर्तन

बच्चा जन्मेपछि मन उदास, चिडचिहाडटपन आउने प्रायः सबै महिलाहरुमा हुने गर्छ । सुत्केरी महिलाहरुलाई पटक—पटक पिसाब लाग्ने गर्छ, जसले गर्दा उनीहरुको निन्द्रामा पनि असर परिरहेको हुन्छ । र, उनीहरु रिसाउने झर्किने गर्छन् । वान्ता आउने, निन्द्रा पूरा नहुने, शरीरको तौल बढ्दै जाने हुन्छ ।

सुत्केरी भएपछि शरीरमा भएको परिवर्तन मानसिक रुपमा विछिप्त हुँदै जान्छिन् । बच्चा पाइसकेपछि महिलाहरु अधिक खुसी हुने गर्छन् । साथै, बच्चालाई केही भइहाल्छ कि भन्ने डर पनि उनीहरुमा हुने हुँदा चाँडै दुःखी पनि हुने गर्छन् ।

बच्चाको स्वास्थ्य राम्रो छैन कि बच्चाको स्याहार गर्न सक्दैन कि भन्ने डर पनि उनीहरुमा हुने गर्छ । यिनै कुराका बारेमा सोचेर सुत्केरी आमाहरु बच्चाको स्याहार गर्न वा रमाइलो गर्न पनि मन लाग्दैन । सुत्केरीपछि धेरै महिलाहरुमा डिप्रेसन हुन थाल्छ । यो बेला परिवारका सदस्यहरुको विशेष भूमिका रहन्छ । उनीहरुको कुरा सुनिदिने साथ सहयोग दिनेजस्ता कुराहरुमा ध्यान दिन आवश्यक हुन्छ ।

सुत्केरी भएपछि के गर्ने ?

बच्चाको स्याहारमा समय दिनुपर्ने हुँदा आमाले आफूलाई समय दिन सकिरहेका हुँदैनन् । जसकारण उनीहरु बेला—बेला झर्किने गर्छन् । त्यो बेला परिवारका सदस्यहरुले सुत्केरी महिलालाई विशेष हेरविचार गर्नुपर्ने हुन्छ । खानपानमा परिवारका सदस्यले सहयोग गर्नुपर्छ ।

यसरी पारिवारिक सहयोगले मानसिक रुपले सुत्केरी आमाको तनाव कम हुन्छ । बच्चा भइसकेपछि महिलाको तौल बढेको हुन्छ । त्यसलाई पहिलेको जस्तै बनाउन व्यायामहरु गर्नुपर्छ ।

खानपानमा के खाने ?

सुत्केरी अवस्थामा आमाका लागि विशेष स्याहा सुसार आवश्यक पर्छ । सुत्केरी महिलाका लागि पर्याप्त आराम एवं पोषिलो खानपान जरुरी हुन्छ । खासगरी मासु, अण्डा, दुध, फलफूल वा झोलिलो पदार्थ खानुपर्छ । आमाको दुधबाट शिशुले पनि सम्पूर्ण आहार लिने हुँदा सुत्केरीलाई उचित स्याहारसुसार नपुगेको अवस्थामा आमा र शिशु दुवैको स्वास्थ्य कमजोर हुनसक्छ । रातिको खानामा सुप हरियो सागसब्जी खानु राम्रो हुन्छ ।

अब प्रश्न उठ्छ दीर्घ रोगका बिरामीहरु जस्तैः मधुमेह, दम, रक्तचापजस्ता रोगहरु लागेका सुत्केरीहरुको हेरचाह गर्दा कस्ता कुरामा ध्यान दिने ? विशेष रुपमा निरोगी सुत्केरीभन्दा दीर्घ रोगका बिरामी सुत्केरीहरूको खानपानमा बढी ध्यान दिनुपर्छ । सुत्केरी दीर्घ रोगका बिरामी छन् भने उनलाई नियमित चेकजाँच गर्ने गर्नुपर्छ । दीर्घरोगका बिरामी सुत्केरीलाई परिवारका सदस्यहरुले पनि उनको खानपान मा बिशेष ध्यान दिनु पर्छ । उनलाई चिकित्सकले भनेअनुसारको खानपानको व्यवस्था गरिदिनु पर्छ ।

शल्यक्रिया र नर्मल डेलिभरीमा के फरक हुन्छ ?

प्राकृतिक अवस्थाबाट बच्चा जन्माउनु आमा र बच्चाका लागि उत्तम हुन्छ । तर, अहिले धेरैको शल्यक्रिया गरेर बच्चा हुन्छ । डेलिभरीपछि रगतको मात्रा बढी जाने हुँदा जुनसुकै अवस्थाको डेलीभरी भएपनि हेरचाहको एकदमै आवश्यक हुन्छ ।

प्राकृतिक अवस्थाबाट बच्चा जन्माएका भन्दा शल्यक्रिया गरेका महिलाहरुको स्वास्थ्य अवस्था थोरै फरक हुन जान्छ । शल्यक्रियाबाट बच्चा जन्माएका महिलाहरुमा समस्या आउन सक्ने हुन्छ । उनीहरुको घाउ पाक्ने, चिलाउने र पछि गएर ढाड दुख्नेजस्ता समस्याहरु हुन सक्छन् । त्यसैले शल्यक्रिया गरेको घाउ राम्रोसँग निको नभएसम्म शरीरलाई आराम दिनुका साथै यो बेला उनीहरुको बढी हेरचाह गर्न आवश्यक हुन्छ ।

प्रस्तुतिः भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ