२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुनिलराम कोइरालाको सल्लाह : कसरी बच्न सकिन्छ प्यारालाइसिसबाट

डा. सुनिलराम कोइरालाको सल्लाह : कसरी बच्न सकिन्छ प्यारालाइसिसबाट


नेपाली समाजमा पक्षघात भनेर चिनिने ‘प्यारालाइसिस’ शरीरका मांसपेशीहरुले काम नगर्ने अवस्था हो । हाम्रो शरीरमा रहेका प्रत्येक धमनीहरुले मस्तिष्कलाई आवश्यक रगत पठाउने गर्दछ । र, केही कारणवश् मांसपेशी र मस्तिष्कले गर्ने उक्त क्रियाकलापमा अवरोध आएको खण्डमा भने व्यक्तिमा प्यारालाइसिसको समस्या देखा पर्दछ ।

कुनै पनि व्यक्तिमा यस समस्या शरीरको एक वा दुवै भागमा हुन सक्दछ । प्यारालाइसिस भएका बिरामीहरु सामान्य व्यक्तिहरुले जस्तै आफ्नो शरीरका प्रत्येक अंगहरु राम्ररी चलाउन असक्षम हुन्छन् ।

व्यक्तिमा प्यारालाइसिस देखा पर्नु पछाडि इस्केमिक स्ट्रोक र ब्रेन ह्याम्रेज गरी २ कारणहरु रहेका हुन्छन् । स्पीनल स्ट्रोक अन्र्तगत मस्तिष्कको धमनीभित्रै क्लट हुन्छ । जसकारण मस्तिष्कमा रगत पास हुन पाउँदैन र यसले दिमागलाई असर गर्दछ । र फलस्वरुपः व्यक्तिमा प्यारालाइसिस देखा पर्दछ । यसैगरी ब्रेन ह्याम्रेजको बारेमा भन्नुपर्दा व्यक्तिको मस्तिष्कमा भएको नशा फुल्लिन गई रक्तश्राव हुने हुन्छ । जसको परिणाम पनि प्यारालाइसिस नै हो ।

यसमध्ये पनि धेरैजसो व्यक्तिहरुमा स्पीनल स्ट्रोकका कारण यस्ता समस्या देखा पर्ने गरेको पाइएको छ । बढ्दो उमेर, लिंग, वर्ण तथा वशांणुगत गुण आदि रोक्न नसकिने गुणहरुका व्यक्तिमा यो समस्या देखा पर्दछ । अर्कातर्फ हामीले नियन्त्रण गर्न सकिने अन्तर्गत मधुमेह, कुलतको सेवन, कोलेस्टोर, रगतमा भएको खराबी तथा खाने गरेका औषधि आदिलाई यस समस्या देख्नु पछाडिको प्रमुख दोष मान्न सकिन्छ ।

व्यक्तिमा यस्ता समस्या देखा परेपश्चात् तुरुन्त चिकित्सककोमा आवश्यक उपचार गर्नु पर्दछ । यसबाहेक यस्ता समस्या देखा नपरोस् भन्नका लागि हामीले निम्न उपायहरु अपनाउनु पर्दछः

  • रक्तचाप सन्तुलनको मात्रा कायम राख्ने
  • सन्तुलित आहार खाने
  • कुलतबाट टाढा रहने
  • कुनै पनि औषधिको सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिने
  • कालेस्ट्रोल र मधुमेहको परीक्षण गराई राख्ने
  • नियमित शारीरिक व्यायाम गर्ने
  • र, नियमित स्वासथ्य परीक्षण गर्ने ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ